गाउँघरमा उत्पादित फूल बेचेर राम्रो आम्दानी

Sharing is caring!

कात्तिक २६, २०८० । परिश्रम र लगन भए आफ्नै गाउँघरमा गरे के हुँदैन भन्ने भनाइ माया कार्मीले पुष्टि गरेकी छन् । ६ बर्षदेखि फूल र तरकारी खेती गर्दै आएकी कार्कीवाडा गाउँकी बिस्नुमाया कार्की अनुकरणीय बनेकी छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडा गाउँकी कार्कीले मौसमी र बेमौसमी फूल् र तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेकी छन् ।

कार्की पछिल्लो समय स्थानीय सरकारले बजारमा पाइने प्लाष्टिकका फूलमाला प्रयोगमा रोग लगाएपछि तिहार नजिकिँदै गर्दा आफ्नै बारीमा उत्पादन गरिएका सयपत्री, मखमली, गोदावरी फूलका माला बिक्री गरिरहेकी छन् ।

ग्राहक उनको बारीमै किन्न आइपुग्छन् । दैनिक १५ हजार रुपैयाँसम्म आम्दानी हुने बताउने कार्की तिहारको अन्तिम दिनसम्म २ लाखसम्म कमाइ हुने विश्वासमा छिन् ।

यता, गमगढी बजारमा प्लाष्टिकका कृत्तियम झिलिमिली फूलमाला बिक्रीमा राखे पनि धेरै मूल्य पर्ने गरेको छ । स्थानीय कृषकले खेत बारीमा उत्पादन गरेका सयपत्री, मखमली जस्ता फूलमाला राम्रो र सस्तो भएको पर्ने भएको साथै बाताबरणलाई असर नगर्ने भएकाले राम्रो बिक्री भइरहेको सोरु गाउँपालिका–८ कच्र्चे गाउँका दानसिंह कार्कीले बताए ।

पछिल्लो समयमा प्लाष्ट्रिकका कृत्तिम दोसल्ला, खादा, फूलमाला प्रयोग बढे पनि अचेल त्यस्तो सामग्रीलाई रोक्न स्थानीय उत्पादनले सहयोग गरेको छ । बिवाह, व्रतबन्ध, पार्टी जस्ता कार्यक्रममा पनि स्थानीय उत्पादन प्रयोग हुन थालेको छ ।

छायाँ नेपाल नामक संस्थाको सहयोगमा मुगगमकामारोङ गाउँपालिका–९ छाइलमा सहकारीको माध्यमबाट फूल खेती भइरहेको छ । उत्पादन राम्रो भइरहेकाले आम्दानी पनि उल्लेख्य हुने गरेको मुगमकामारोङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए ।

छायाँनाथ रारा नगरपालिकाले केहीअघि नगरपालिका क्षेत्रमा खादा, ब्याज र प्लाष्टिकका फूलमाला दसैँ, तिहार र अन्य समयमा बिक्री बितरण नगर्न सार्वजनिक सूचना जारी गरेको थियो ।
गाउँघरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *