‘सिमाना खोज्दै’ उपन्यास विमोचन

Sharing is caring!

पुस २७, २०७५ । साहित्यकार एवं नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मीविलास कोइरालाद्धारा लिखित ‘सिमाना खोज्दै’ उपन्यासको आज राजधानीमा विमोचन गरिएको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेका संघर्ष र उनको जीवनीमा आधारित भएर लेखिएको उक्त उपन्यासको लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले विमोचन गरेका हुन् ।

अध्यक्ष मैनालीले २०६३ सालपछि राष्ट्रियता कमजोर बन्दै गएको चिन्ता व्यक्त गरे । मैनालीले ईतिहास नपढी राष्ट्रियता बलियो नहुने दाबीसमेत गरेका छन् ।

उनले भने,‘म साहित्यकार होईन, म असली पाठक हुँ, विलासीजीले यो पुस्तक लेखेर राम्रो काम गर्नुभयो, आधुनिक नेपालका निर्माणकर्ता पृथ्वीनारायण शाहको बारेमा यति गहिरो अध्ययन गरेर उपन्यास लेख्नु चानचुने कुरा होईन, पृथ्वीनारायण शाहको इतिहास गलत तरिकाले स्थापित गर्न खोजिएको पनि थियो, तर त्यो गलत प्रयास चाहीँ स्थायी हुन सकेन, आधारहिन कुराहरु गरेर र लेखेर पृथ्वीनारायण शाहको बद्नाम गर्नु उचित होईन ।’

अहिले राष्ट्रियता खतरामा पर्ने स्थितिमा पुगेको बताउँदै उनले सबैले यसबारेमा सोच्नुपर्ने बेला आएको पनि बताए । उनले थपे,‘सार्वभौमसत्ता रक्षा गर्न सम्पूर्ण नेपालीहरुले एक भएर लाग्नुपर्छ, जातीय, भाषिक र लैंगिक विवादहरु झिकेर देशलाई कमजोर बनाउने काम कसैले गर्नुहुँदैन, पृथ्वीनारारयण शाहले आधुनिक नेपाल निर्माण गर्नको लागि बल प्रयोग गर्नेमात्रै होईन, संयम भएर शासन चलाएको ईतिहास छ।’
शाहका बारेमा तथ्यहरु बिना बोल्नुको कुनै अर्थ नरहने उनको भनाई छ ।

उनले थपे,‘युद्धको रणनीति शाहकोजति कसैसँग देखिएन, अन्यत्र देशहरुमा पढेलेखेका शासकहरु थिए, तर पृथ्वीनारायण शाहलाई मकवानपुरे राजाहरुले गोठालो भन्थे तर तिनै गोठालोले अंग्रेजहरुलाई परास्त गरेर देश बनाए, जसले यत्रो देश बनाए उनैलाई आधारहिन आरोप लगाएर गाली गर्ने काम भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *