काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरी जिल्लास्थित जिल्ला अस्पताल, कोशी प्रदेश प्रहरी अस्पताल तथा झुम्का आधारभूत अस्पतालको अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा मन्त्री मेहताले अस्पतालहरूमा भइरहेको सेवा प्रवाह, जनशक्ति व्यवस्थापन, औषधि तथा स्वास्थ्य उपकरणको उपलब्धता, पूर्वाधारको अवस्था तथा बिरामीले प्राप्त गरिरहेको स्वास्थ्य सेवाको प्रभावकारिताबारे स्थलगत समीक्षा गर्नुभएको हो।
अनुगमनपछि उहाँले गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न आवश्यक सुधारका कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। साथै, अनुगमनका क्रममा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायलाई आवश्यक पहल र समन्वय गर्नसमेत निर्देशन दिइएको जनाइएको छ।
07 Jul 2026