एकल अंकले घट्यो नेप्से, ८ अर्ब बढिको कारोबार

Sharing is caring!

माघ ४, २०८० । शेयर बजार परिसुचक नेप्से आज एकल अंकले घटेको छ ।

बुधबार दोहोरो अंकले घटेको नेप्से आज ७ दशमलव २४ अंकले घटेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार भएका दुई सय ९८ कम्पनीमध्ये एक सय १२ कम्पनीको मूल्य बढेको छ भने एकसय ३३ कम्पनीको मूल्य घटेको छ । २ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

यसदिन फाइनान्स, हाइड्रोपावर र अन्यबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च गिरावट आएको छ ।

आज तेह्रथुम पावर कम्पनीको शेयर सबैभन्दा धेरै ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त र गणपति लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज २ करोड ११ लाख कित्ता शेयर ८ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *