प्रधानमन्त्री कप : एपीएफमाथि मधेश प्रदेशको रोमाञ्चक जित

Sharing is caring!

माघ ४, २०८० । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय क्लब एपीएफले पहिलो हार व्यहोरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहीबार भएको खेलमा एपीएफ मधेश प्रदेशसँग ५ विकेटले पराजित भएको हो ।
पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा ९ विकेट गुमाएर २४६ रन बनाउको थियो । जवाफमा मधेश प्रदेशले ४८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । मधेश प्रदेशलाई जिताउनको क्रममा तीन खेलाडीले अर्धशतक पूरा गरका थिए । रुपेश सिंहले ७२ रनको नटआउट पारि खेल्दा पवन शर्राफले ६४ तथा निरज यादवले ५२ रन बनाए ।

यस्तै, अनिल साहले २९ रन बनाउँद्या अभिषेक तिवारीले १३ रनको नटआटउ पारि खेले । कप्तान हरिशंकर साहले ८ तथा मयन यादवले २ रन जोडे । एपीएफका रमेश कुर्मी र रोहित पौडेलले दुई दुई विकेट लिए । मौसम ढकालको नाममा १ विकेट रह्यो ।

पहिला ब्याटिङ गरेको एपीएफका लागि आशिफ शेख र रोहित पौडेलले अर्धशतकीय पारि खेल्दा अमर रौटालाले नटआउट ४९ रन बनाएका थिए । आशिफले ५९ तथा रोहितले ५८ रनको पारि खेल्दा मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य बनेको थियो । एपीएफका सन्दीप जोराले २० रन बनाउँदा अरुले दोहोरो अंकमा रन बनाएनन् ।

मधेश प्रदेशका रुपेश सिंह र प्रदिप पासवानले तीन तीन विकेट लिए । रञ्जित कुमारले २ विकेट लिँदा अरनीको यादवले १ विकेट हात पारे । जितसँगै मधेश प्रदेशले ४ खेलबाट ४ अंक बनाएको छ । तालिकाको सातौं स्थानमा रहेको छ । पराजित भएको एपीएफले भने ३ खेलबाट ४ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *