नेविसंघमा थपिए ४१ केन्द्रीय सदस्य

Sharing is caring!

चैत ३, २०८० । नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समितिमा ४१ जना थप भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा ७१० जनालाई मनोनयन गरिएको थियो ।

सभापति देउवाले विसं २०७८ चैत ९ गते केन्द्रीय अध्यक्षमा शेर्पालाई नियुक्त गरेका थिए । शर्पाले आगामी असारमा १२ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *