विश्वविद्यालय सुधारको माग राख्दै स्ववियु आन्दोलित

Sharing is caring!

पुस ११, २०८० । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनले विश्वविद्यालय सुधारको मागसहित आन्दोलन थालेको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बुधबार विश्वविद्यालय गेटमा आयोजित युनियनको विरोधसभामा स्ववियु सभापति एंव त्रिवि सभा सदस्य श्यामराज ओझाले दीक्षान्त समारोहमा प्रधानमन्त्रीले मेडल दिएका विद्यार्थीहरुले देशमै काम गर्ने वातावरण बनाउन जरुरी रहेको बताए ।

विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा आन्दोलन गरेर विश्वविद्यालयको सुधार, व्यवस्थामा सुधार र ढिला सुस्ती हटाउनका लागि विभिन्न मागसहित आन्दोलनमा उत्रिएका छौँ । प्राध्यापक, कुलपति नियुक्ति गर्ने, परीक्षा लिने निकाय त्रिभुवन विश्वविद्यालयको सेवा आयोग प्रधानमन्त्रीको मुठीभित्र छ । उनले भने, ‘त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई आफ्नो हकमा राखेर बाहिर विद्यार्थीले विश्व रेकर्ड बनाए भनेर भाषण गर्दा, मेडल दिदाँ त्यो लिने विद्यार्थीहरुले के गर्छन् र कहाँ जान्छन् भन्ने प्रश्न मेरो मनमा आएको थियो ।’

यस्तै उक्त आन्दोलनमा सहभागी विष्णु ढुङ्गेलले अझै चुप लागेर बस्ने हो भने त्रिविको अवस्था झनै जर्जर बन्ने भन्दै असक्षमले जिम्मेवारी छोड्नु पर्ने बताए । अब पनि हामी चुप लागेर बस्ने हो भने त्रिभुवन विश्वविद्यालयको अवस्था यो भन्दा जर्जर हुन्छ भन्ने कुरा हामीले बुझेका छौँ । यो विश्वविद्यालयले दुई महिनामा निकाल्न पर्ने नतिजा ८ महिना लगाउँछ, १ वर्षभित्र गर्नुपर्ने परिक्षा र नतिजाका गतिविधि वर्षौ लगाउँछ । उनले भने, ‘ यो विश्वविद्यालयमा किन पढ्ने के का लागि पढ्ने, यो अवस्थाको सुधारको लागि यहाँका पदाधिकारीहरुले जिम्मेवारीबोध गर्नु हुँदैन भने नैतिक रुपमा त्यो पदमा बस्नु पर्छ भन्ने जरुरी छैन् । राजीनामा दिए हुन्छ, तपाईँहरु भन्दा यो देश सुधार गर्छु भन्ने मान्छेहरु धेरै छन् ।’

विरोध सभामा सहभागीले बहाना बनाई गुजार्ने, बल्खु कहिले सुधार्ने, कर्मचारी गाडीमा विद्यार्थी खाडी लेखिएका प्लेकार्ड बोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *