नेप्सेमा गिरावट, ५ अर्ब २४ करोडको कारोबार

Sharing is caring!

पुस ११, २०८० । उधौली पर्वको बिदापछि खुलेको सेयर बजारमा बुधबार १७.२३ अंकको गिरावट भएको छ । नेप्से २०७०.८४ अंकमा आएर रोकिएको छ ।

समग्रमा बजारमा गिरावट आए पनि नेपाल इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त वितीय संस्था, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र चिरख्वा हाइड्रोपावरका सेयरले भने १० प्रतिशतको सर्किट छोएको छ । समूहगत रुपमा निर्जीवन बीमा र म्युचल फन्डमा गिरावट आएको छ । आज बैंकिङ, वाणिज्य क्षेत्रमा गिरावट आएको छ ।

१ लाख १७ हजार ४ सय ७६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारका आधारमा सोनापुर मिनरल्स अग्रस्थानमा छ । उक्त कम्पनीको १९ करोड ६६ लाख बराबरको सेयर कारोबार भएको छ ।

यस्तै १८ करोड ६६ लाखको कारोबारले शिवम् सिमेन्ट दोस्रो र १६ करोड ७० लाखको कारोबार भएको सूर्यज्योति लाइफ इन्स्योरेन्स तेस्रो स्थानमा छ । हाथ्वे इन्भेस्टभेन्टको १६ करोड ३७ लाख बराबरको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *