यू–१९ एसिया कप : भारतसँग नेपालको लज्जास्पद हार

Sharing is caring!

मंसिर २६, २०८० । दुबईमा जारी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत भारतसँग नेपालले १० विकेटको लज्जास्पद हार व्यहोरेको छ ।

नेपालले दिएको ५३ झिनो लक्ष्य भारतले विना कुनै क्षति पुरा गर्यो । भारतले ७.१ ओभरमा निर्धारित लक्ष्य पुरा गरेको हो । भारतका ओपनर ब्याट्सम्यान आदर्श सिँहले १३ रन र अश्र्विन कुलकर्नीले ४३ रन बनाए । उनले ३० बलमा पाँच छक्का र एक चौकाको मदतमा ४३ रन बनाए ।

पहिले ब्याटिङको निम्तो पाएको नेपालले खराब प्रदर्शन गर्यो । नेपालले २२.१ ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्र बनाउन सक्यो । नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । अंक तालिकाको पुछारमा रहेको नेपालको रन रेट समेत ऋणात्मक छ ।

आजको जितसँगै भारत समूह ए को शिर्ष स्थानमा उक्लिएको छ । तिन खेलमा दुईमा जित र एकमा हार व्यहोरेको भारतको ४ अंक छ । त्यस्तै पाकिस्तान दोस्रो र बङ्लादेश तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *