लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

Sharing is caring!

मंसिर २६, २०८० । प्रहरीले लागूऔषध कारोबारीलाई समात्न ललितपुरमा गोली चलाएको छ ।

मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालय,बानेश्वरबाट खटिएको टोलीले ललितपुरको झम्सीखेलमा गोली प्रहार गरेर लागूऔषध कारोबारी उदयपुरका ४५ वर्षीय अविनाश राईलाई नियन्त्रणमा लिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, प्रहरीमाथि आक्रमण गरेपछि राईलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको थियो । सो क्रममा राईको दाहिने खुट्टामा गोली लागेको र उनलाई नियन्त्रणमा लिई उपचारको लागि ट्रमा सेन्टर लगिएको रेग्मीले जानकारी दिए ।

प्रहरीले राइलाई नियन्त्रणमा लिई उनको साथमा रहेको कटुवा पेस्तोल र लागुऔषध बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *