यूएईविरुद्ध नेपालको रोमाञ्चक जित

Sharing is caring!

कात्तिक ६, २०८० । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले ४ बल बाँकी छदैँ ५ विकेट गुमाएर पुरा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन जोडेको थियो ।

त्रिकोणात्मक टी– २० सिरिज अन्तरगत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । तर ओपनर आसिफ शेख, कप्तान रोहित पौडेल र फिनिसर दिपेन्द्र सिंह ऐरीले सानदार पारी खेले ।

नेपालका लागि आसिफ शेखले ५० बलमा ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै ४२ बलमा रोहीत पौडेलले ४७ रन जोडे । नेपालका लागि विष्फोटक ब्याटिङ गरेका दिपेन्द्रले १५ बलमा ४० रनको योगदान दिए ।

युएईका लागि मोहम्द जवाद उल्लाहले सर्वाधिक २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *