विद्रोह संस्था बचाउनका लागि : एनआरएनए विद्रोही अध्यक्ष शर्मा

Sharing is caring!

कात्तिक ६, २०८० । गैरआवासीय नेपाली संघ एनआरएनएका विद्रोही अध्यक्ष आर के शर्माले संस्था बचाउनका लागि विद्रोह गर्नु परेको जिकिर गरेका छन् ।

११औं महाधिवेशनबाट डा. बद्री केसीसहितको टीम विजयी भएपछि पराजित समूहले औपचारिक रुपमै समानान्तर कार्यसमिति घोषणा गर्दै संस्था बचाउन विद्रोह गरेको जिकिर गरेको हो । सोमबार पत्रकारसंग विद्रोही समुहका अध्यक्ष शर्माले भने ‘विद्रोह संस्था बचाउनका लागि हो ’

उनले हरेकले दश दश डलर उठाएर संस्थाको भवन बनाएको भन्दै यो कसैको व्यक्तिगत सम्पती नभएको तर्क गरे ।
आफु पदका लागि नभएर परिस्थितिको कारणले संस्था रेस्क्यू गर्न केही साथीले नराम्रो मानेपनि अधिकासं साथीहरुको हितका लागि यो विद्रोह गरेको उनको दाबी छ ।

२० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण देखिएपछि नयाँ प्रक्रियामार्फत अध्यक्षमा शर्मालाई चयन गरिएको सो पक्षको दाबी छ । पराजित पक्षले नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. केशव पौडेललाई चयन गरेको छ । उनी निर्वाचनमा विजयीसमेत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *