राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

Sharing is caring!

पुस २४, २०८० । निर्वाचन आयोगले अगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध तथा उजुरीका लागि समय दिएको छ ।

राष्ट्रियसभाका रिक्त १९ पदका लागि हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरद्ध आज उजुरी दिने कार्यतालिका रहेको आयोगले जनाएको छ । उम्मेदवारविरुद्ध परेका उजुरीमाथि पुस २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यसपछि पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

आयोगले पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि २०४७ मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *