बल्खुमा झडप : प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार

Sharing is caring!

मंसिर ७, २०८० । ललितपुरको बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले अश्रुग्यासँगै पानीको फोहरा प्रहार गरेको छ ।

प्रदर्शनकारी बल्खुबाट कालीमाटीतर्फ अघि बढ्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको हो । प्रहरीको अश्रुग्यास र पानीको फोहोरा प्रहारबाट भिड तितरवितर भएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शनमा झडप भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *