प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता
असोज ६, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता शुरु भएको छ ।
शनिबार विहान अमेरिकाबाट चीन पुगेकाका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच हाङआजोमा भेटवार्ता शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्ताका एजेण्डा भने जानकारी गराइएको छैन् । तर नेपालले, नेपालको भौतिक पूर्वाधारलगायत विभिन्न दुई पक्षीय हितका विषयमा छलफल कुराकानी हुने बताइएको छ ।
भेटवार्तापछि प्रचण्डले दुई घण्टा होटलमा आराम गर्ने र आजै १९ औँ एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।