चीन र भारतमा गएर राजसंस्थाको वकालत नगर्न पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी

Sharing is caring!

मंसिर १५, २०७५ । हाम्रो पार्टी नेपाल, नेपालले मुलुकको हितविपरित रहेका वैदेशिक शक्तिहरुलाई परास्त गर्ने र हराएको नेपाल राष्ट्र खोज्ने र लुकाईएको नेपाल राष्ट्र खोस्नेलगायतका आफ्ना मुख्य नीति तथा संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

उक्त पार्टीले राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो नीति तथा संर्घषका कार्यक्रमहरु अघि सारेको हो । उसले संघीयता र धर्मनिरपेक्षताले मुलुकलाई नै सिध्याउने भन्दै यी दुईलाई आणविक बमको संज्ञा दिएको छ ।

कार्यक्रममा बोल्दै पार्टीका संयोजक गोविन्द बोहोरा ‘ब्रम्हाण्ड’ले आफूहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली शासन व्यवस्था हुनुपर्ने माग गर्दै आएको सुनाए । उनले भने,‘नेपालको पहिचान हिन्दूराष्ट्र नै हो । त्यसैले अविलम्व हिन्दूराष्ट्र कायम गरिनुपर्छ । अर्को, संघीयताको विकल्पमा जनताको घर आँगनमा अधिकार निक्षेपीकरण हुनुपर्छ ।’

उनले पूर्व राजा ज्ञानेन्द्रलाई पनि राजसंस्थाको वकालत चीन र भारतमा गएर नगर्न चेतावनी दिए । ब्रम्हाण्डले भने,‘पूर्वराजा ज्ञानेन्द्रले राजसंस्थाकै वकालत गर्ने हो भने चीन र भारत जानुको साटो नेपाली जनताहरुको बीचमा गएर गरुन् ।’ उनले पूर्वराजा ज्ञानेन्द्रलाई आफ्नो पार्टीमा आवद्ध हुनसमेत आग्रह गरे ।

हराएको नेपाल खोज्न र लुकाईएको नेपाल खोस्नको लागि पनि ज्ञानेन्द्र आफ्नो पार्टीमा आउनुको विकल्प नरहेको उनको जिकिर छ । पूर्वराजा ज्ञानेन्द्रले अहिलेकै चरित्र प्रर्दशन गरिरहे उनीमाथि वैधानिक विद्रोहसमेत गरिने उनले चेतावनी दिए ।

आजबाट सूरु भएको एशिया प्यासिफिक समिट–२०१८ को पनि संयोजक ब्रम्हाण्डले विरोध गरे । पूर्वीया सभ्यता सिध्याउनकै लागि उक्त समिट नेपालमा आयोजना गरिएको उनको गम्भिर आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *