विवाहपञ्चमी महोत्सव : मटकोर सम्पन्न, भोलि स्वयंवर र विवाह

Sharing is caring!

मंसिर ३०, २०८० । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिबार मटकोर विधि सम्पन्न भएको छ ।

जानकी मन्दिरबाट बाजागाजासहितका टोली धार्मिक तथा पौराणिक महत्वको गंगासागर पोखरीमा पुगेर मटकोर विधि गरेका छन् । मिथिलामा विवाह पूर्व बेहुला र बेहुलीलाई मटकोर गर्ने चलन छ । चलनअनुसार जानकी मन्दिरका छोटा महन्त रोशन दासको नेतृत्वमा मटकोर सम्पन्न भएको हो ।

मटकोरमा नेपाल प्रहरी, सेना, मधेश प्रदेश सांसद, संघीय सांसद जुली महासेठ, साधुसन्त, श्रद्धालु भक्तजनलगातको उल्लेख्य उपस्थिति थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौंथौं दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि सम्पन्न भएको छ ।

छैंटौं दिन (भोलि) स्वयंवर हुनेछ भने राति वैवाहिक कार्यक्रम र अन्तिम दिन सोमबार रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *