इन्धन ढुवानी गर्ने ट्याङकरमा गाँजा ओसारपसार गर्ने ४ जना पक्राउ

Sharing is caring!

फागुन २, २०८० । डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङकर प्रयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने चार जनालाई ठूलो परिमाण गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा धनकुटाको भेडेटारस्थित इलाका प्रहरी कार्यालयबाट फागुन बुधबार बिहान जाँचमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकमा मूलघाटबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७३२२ नम्बरको ट्याङकरलाई रोकेर जाँच गर्दा उक्त तेल हाल्ने डिब्बाभित्र गाँजा लुकाएको पाइएको थियो ।

प्रहरीका अनुसार त्यसरी लुकाइएको ५ सय ९४ किलो गाँजा बरामद गरिएको छ । गाँजा ओसार पसारमा संलग्न भारत अररियाका ४४ वर्षीय नईम खान, सहचालक एमडी अफ्रोज, ट्याङकरमा सवार ७० वर्षीय लखन महतो र मोरङको रंगेली नगरपालिका–७ का ७० वर्षीय गयानन्द मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *