सुदूरपश्चिम सरकार र महासंघबीच लगानी सम्झौता

Sharing is caring!

कात्तिक ४, २०८० । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी तथा विकासका लागि सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्तक्षर भएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रदेश सरकार र महासंघबीच लगानी सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीकर्ताहरुलाई प्रोत्साहन गर्नुपर्ने अवस्था आजको समझौताले धेरै महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

उनले भने, ‘अहिले मानिसमा उत्साह नभएका अवस्था पनि छ । यो अवस्थामा एउटा नीजि क्षेत्रको छाता संगठनको हिसाबले हामीले लगानीकर्ताहरुलाई अलिकति प्रोत्साहन गर्नुपर्ने अवस्था भएको हिसाबले आजको सम्झौता आफैमा धेरै महत्वपूर्ण छ ।’

उनले लगानीकर्ता र व्यवसायिक समुदायमा केही हुदैँन् भन्ने वातावरण बन्दै गएको भन्दै यो सहकार्यमार्फत आउँदो ६ महिनामा नेपालमा अवसरहरु छ भन्न सक्ने परिणाम निकाल्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘यसरी सहकार्यमा जादाँ परिणाम आउँने हिसाबले हामी अगाडि जाने हो भने यो समझौता अनुसार जुन यो लगानी अगाडि बढ्दैछ । यसले अरु प्रदेश सरकारहरुलाई पनि सूचना जान सक्छ । महासंघले लगानीकर्ता र व्यवसायिक समुदायमा केही हुदैँन् भन्ने जुन वातावरण बनेको अवस्थामा हामीले ६ महिनाको बीचमा नेपालमा अवसरहरु छ भन्न सक्ने परिणाम निकाल्छ भन्ने विश्वास व्यक्त गर्न चहान्छु ।’ उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाहले लगानी सम्मेलन सम्मेलनका लागि मात्रै नभई, सुदूरपश्चिममा भएका सम्भावनाहरुलाई विकास गर्नको लागि गरेको बताए ।

उनले भने, ‘हामीले यो विकास सम्मेलन सम्मेलनका नाममा मात्रै होईन्, सुदूरपश्चिमका धेरै सम्भावनाहरु छन्, त्यो सम्भावनाहरुलाई बुझेर केही योजनाहरु राख्न खोजेका छौ । त्यसमा तपाईहरुको साथ र सहयोगले सुदूरपश्चिमलाई ठोस रुपमा कार्यक्रमहरु अगाडि बढाउँने छौ ।’ देशमा आर्थिक मन्दि छाएको अवस्थामा पनि अठोटका साथ सुदूरपश्चिममा प्रदेश लगानी र विकास सम्मेलन गर्ने निर्णय गरेको भन्दै सकारात्मक भएर अगाडि बढ्ने हो भने मुलुक विकास गर्न सक्ने उनको भनाई छ ।

उनले भने, ‘सुदूरपश्चिम प्रदेश सरकारले यो आर्थिक मन्दिको अवस्थामा एउटा सन्देश दिन खोजेका छौ र एउटा अठोट गरेका छौ । यस्तो अवस्थामा पनि हामी सकारात्मक भएर जाने हो भने मुलुक बनाउँने सन्दर्भमा हामी अगाडि बढ्न सक्छौ भन्ने अठोटका साथ सुदूरपश्चिममा प्रदेश लगानी र विकास सम्मेलन गर्ने निर्णय गरेको हो । यो निर्णयमा सहयोग गर्नको लागि यहाँ आएका हौ ।’

सोही कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले अबको १० वर्षमा उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपालको आर्थिक जड सुदूरपश्चिम बनाउँने सक्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘आजको सुदूरपश्चिम जुन छ, १० वर्षपछि हेर्दा उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपालको आर्थिक जड कहाँ हो भन्दा सुदूरपश्चिम हो भन्ने हिसाबले स्थापना हुन सकिन्छ भन्ने विश्वास गरेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *