जसपा दुई मन्त्रालयसहित सरकारमा, उपेन्द्रले लिए सपथ

Sharing is caring!

फागुन २७, २०८०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री दाहालले आइतबार सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागि भएको हो । जसअनुसार अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र नबलकिशोर साह वन मन्त्री बनेका छन् ।

दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
यससँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *