हिमालय एयरलाइन्सले सुरु गर्‍यो काठमाडौं साङ्घाई सिधा उडान

Sharing is caring!

मंसिर १६, २०८० । हिमालय एयरलाइन्सले चीनको साङ्घाई शहरमा आजदेखि सिधा उडान सुरु गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरलाइन्सले चीनको ठूलो शहर साङ्घाईमा आजदेखि नियमित उडान सुरु गरेको हो । नेपालबाट शनिबार बिहान ९ः२० बजे एक सय ३७ यात्रुबोकेर हिमालयको जहाज साङ्घाई उडेको छ । उक्त जहाजले आजै साङ्घाईबाट यात्रु लिएर राति नौ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ ।

आजबाट सुरु गरिएको उडान सातामा एक चोटी हरेक शनिबार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ ।
साङ्घाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान पनि हो । योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ । काठमाडौं–साङघाई उडानमा पाँच घण्टा २० मिनेटको यात्रा हुनेछ ।

उडानबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मुख्य व्यापारिक र पर्यटकीय सहरमा सुरु गरिएको सिधा उडानले दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउने बताए । नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजान, व्यावसायिक साझेदारी बढोत्तरी र धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई नेपाल ल्याउन उडानले मद्दत पुग्ने विश्वास राखे ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक नेपालमा बढ्ने अपेक्षा व्यक्त गरे । नयाँ गन्तव्यमा उडान सुरु गरेकोमा एयरलाइन्सलाई शभकामना दिदै उनले भने, ‘चाइनाको ग्लोवल हब बनेको ठूलो शहर साङ्घाइमा एयरलाइन्सले उडान सुरु गरेकोमा सफलताको लागि कामना गर्छु । यसले दुई देशकाबीचमा धेरै अवसरहरु सृजना गर्ने, दुई राष्ट्रबीचको सम्बन्धलाई जोड्दै नेपालमा थप निचियाँ पर्यटकहरुलाई आकर्षित गरी नेपाललाई पर्यटक हब बनाउनेमा मद्दत गर्ने विस्वास छ ।’

नेपालका लागि चिनियाँ राजदूतावासका आर्थिक तथा वाणिज्य कन्सुलर छि यूले साङ्घाई–काठमाडौं सिधा उडानले दुई देशबिचको सम्बन्ध बलियो हुनुका साथै व्यापारिक दृष्टिले पनि महत्त्वपूर्ण भएको बताए । चीनको ठुलो सहरमध्ये एक साङ्घाई शहर मुख्य व्यापारिक केन्द्रको रुपमा परिचित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *