कोप–२८ मा प्रधानमन्त्री दाहालले भने ‘नेपाल अन्यायमा परेको छ’

Sharing is caring!

मंसिर १६, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायुजन्य असर बढाउन नेपालको भूमिका नभए पनि त्यसको असरबाट पीडित भएको बताएका छन् ।

यूएईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) मा उनले सम्बोधन गर्दै नेपालको भनाइ राखेका हुन् । उनले पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसकेको भन्दै यसले पनि हिमालमा ठूलो असर पर्ने र संकट आइसकेको बताए ।

उनले भने, ‘पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो, यसले पनि हिमालमा ठूलो असर पर्ने संकट आइसकेको छ ।’

सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोष सहयोग समतामूलक रूपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुनुपर्नेमा उनले जोड दिए । सबै मिलेरमात्र यो मुद्दा सम्बोधनका लागि प्रयास गर्न सकिने भनाइ उनले राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *