धोकेबाज भन्नु स्वीकार्य हुँदैन : प्रचण्ड

Sharing is caring!

फागुन ३०, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई धोकेबाज भन्नु स्वीकार्य नभएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा उनले आफूले सबै राजनीतिक दलहरुको भलाईको लागि त्याग गरेको भन्दै धोकेबाज भन्नु स्वीकार्य नभएको बताए ।

उनले भने, ‘मैले त अझ यहाँ रहेका सबै राजनीतिक दलले मलाई धन्यवाद दिनुपर्छ जस्तो लाग्छ । सबैलाई धोका होईन, सबैको भलाई भएको छ । प्रचण्डले पटक पटक त्याग गरेर पनि गरेको छ । धोकेबाज भन्नुहुन्छ तपाईहरु, यो स्वीकार्य छैन् ।’

यस्तै, उनले मत दिनको लागि सबै स्वतन्त्र रहेको भन्दै राजनीतिक दललाई ठिक लागे मौका दिन आग्रह गरेका छन् ।

उनले भने, ‘हामी सबै स्वतन्त्र नै छौं । दबाब दिएर हुने हो र ? कतिपयले भन्छन् पैसाको चलखेल भनेर । मैले एक पैसा कसैलाई कुनै रुपमा पनि चलखेल हुन दिएको छैन् । तपाईको विवेक, राजनीतिक दल, नीति र कार्यक्रमले प्रधानमन्त्रीलाई एकपटक फेरि मौका दिंदा ठिक हुन्छ । दिनु लाग्दैँन् नदिनु र प्रधानमन्त्रीलाई धम्क्याउने तरिकाले देशको हित हुँदैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *