सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारी नियुक्त

Sharing is caring!

वैशाख ६, २०८१ । एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश सभामा एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारीले पेस गरेको दाबी सदर गर्दै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

संघमा सत्ता गठबन्धनका शीर्ष नेताबीच सुदूरपश्चिममा प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति बनेपछि सोडारीका लागि बाटो खुलेको हो । उनलाई आफ्नै दल एकीकृत समाजवादी, एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदसहित २७ जनाको समर्थन छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एमाले १०, माओवादी केन्द्र १०, एकीकृत समाजवादीका ४ सांसद छन् । तीन दलसँगै नागरिक उन्मुक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक सांसदको समर्थन पाएर सोडारीले बहुमत पु¥याएका हुन् ।

यसअघि विश्वासको मत नपाउने अवस्था आउँदा मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ मा पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *