रोकिएन पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता

Sharing is caring!

चैत २५, २०८० । शनिवार पूर्वराजा ज्ञानेन्द्र शाहले जुम्लाको खलंगामा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गरे । त्यसक्रममा उनले राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुट्न नागरिकहरुमा आह्वान गरेका छन् । तर, राष्ट्रको पुरानो गौरव भनेको के हो विस्तृत ब्याख्या गरेनन् ।

राजतन्त्र ढलेर मुलुक गणतन्त्रात्मक शासन व्यवस्थामा रुपान्तरित भएपछि केही वर्ष मोन रहेका पूर्वराजा शाह पछिल्लो दशक सक्रिय छन् । आफ्नो सक्रियता नरोकेका शाह घुमाउरो शैलीमा राजतन्त्र फर्काउने प्रस्ताव गरिरहेका छन् । शनिवारको उनको अभिव्यक्ति पनि त्यही भएको बताइन्छ ।

‘आज देश कता जाँदैछ, तपाईंहरुलाई थाहै छ । हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरतातिर गइरहेका छौँ । आफ्नै भूगर्भभित्र अथाह धन धान्य छ तर खानका लागि काम खोज्न हामी भौतारिइराखेका छौँ । कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन रु तर खै रु त्यसैले म भन्छु– अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ’ पूर्वराजा ज्ञानेन्द्र शाहले भनेका छन् ।

उनले परिवर्तन पीडादायी भए पनि सधैँ आवश्यक हुने बताए । ‘परिवर्तन साँच्चै पीडादायी भए पनि सधैँ आवश्यक हुन्छ । याद होस्– संसारको पांग्रा सधैँ आफ्नो गतिमा चलिरहेको हुन्छ । यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन ।’

अब नयाँ संवाद, नयाँ समझदारी र नयाँ सम्झौतातर्फ जनमत बढ्दै गइरहेको उनको दाबी छ । शाहले भनेका छन्, ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाभ, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ ।’ अर्थात, कुटनीतिक रुपमा उनी राजतन्त्र फर्काउने कुरा गरिरहेका छन् । यो खबर मध्यान्ह दैनिकबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *