शिक्षक छनोटमा खुल्ला प्रतिस्पर्धाको सुनिश्चित गर : पञ्चा सिंह

Sharing is caring!

असोज २२, २०८० । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले सबै तहका शिक्षक छनोट प्रकृयामा खुल्ला प्रतिस्पर्धाको सुनिश्चितता माग गरेकी छिन् । संसदमा छलफलको क्रममा रहेको ‘‘विद्यालय शिक्षा विधेयक २०८०’’माथि अनेरास्ववियूको धारणा सार्वजनिक गर्ने क्रममा सिंहले शिक्षकहरुको आन्तरिक प्रतिस्पर्धा शतप्रतिशत गर्ने व्यवस्था गलत भएको बताइन् ।

‘शिक्षा मन्त्रालयमा बसेर शिक्षकहरु सबैलाई शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गराउने गरी र त्यो सबै कुरालाई शिक्षा विधेयकको एउटा अंग बनाउने गरी पेस भएको विधेयकको हामी विपक्षमा छौ । आजको नयाँ पुस्ताका शिक्षकलाई प्रतिस्पर्धामा लैजानका लागि आन्तरिक प्रतिस्पर्धाका नाममा शिक्षा क्षेत्रमा सिन्डिकेट लगाउन पाइँदैन । नयाँ जेनेरेसनलाई शिक्षण संस्थाको नेतृत्व गर्न नपठाउने हो भने शिक्षा क्षेत्रमा नयाँ आयाम थप्न सकिँदैन ।’ उनले भनिन ‘यसका लागि हामीले भनेका छौ, खुल्ला प्रतिस्पर्धाको सुनिश्चित गर र नयाँ प्रतिभाहरुलाई विद्यालय क्षेत्रमा प्रवेश गर्न पाउनुपर्ने वातावरण गर । शिक्षकको आन्तरिक प्रतिस्पर्धा सतप्रतिशत गर्ने भन्ने विषय गलत छ ।’

अनेरास्ववियूले विधेयकमाथि आफ्नो धारणा सार्वजनिक गर्दै संसदमा छलफलको लागि प्रस्तुत विधेयक सार्वजनिक र निजी द्धैध प्रकृतिको शिक्षा प्रणाली कायम हुने गरी ल्याएको र निजि विद्यालयको सिन्डिकेट कायाम गर्ने गरी मौलिक हक विरुद्ध रहेको आरोप लगाएको हो ।

जनयुद्धको क्रममा सहिद एवं बेपत्ताहरुको सन्ततिहरूलाई पढाउनको लागि देशैभरी खोलिएका विद्यालयको उचित व्यवस्थापन विधेयकबाट नै व्यवस्था गर्नुपर्ने, निजी लगानीका विद्यालय सञ्चालकलाई पाठ्यक्रम परिषद्मा लैजाने व्यवस्था हटाउनुपर्ने सो संगठनको माग छ ।

सार्वजनिक विद्यालयमा पढाउने शिक्षकहरुका छोराछोरीहरु निजी विद्यालयमा पढाउने परिपाटी र सामुदायीक विद्यालयमै पढाउनुपर्ने माग बीचको अन्तरविरोध हटाउनुपर्ने शिक्षकको नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने लगायतका विविध १३ बुँदे माग अखिल क्रान्तिकारीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *