विश्वविद्यालयको छाता ऐन बनाउन आवश्यक छ : प्रदिप पौडेल

Sharing is caring!

वैशाख ३, २०८१ । शिक्षा समितिमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि संशोधनकर्तासँग छलफल भएको छ ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सो विधेयक माथि संशोधनकर्तासँग छलफल भएको हो ।

छलफलमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विश्वविद्यालयको एउटा छाता ऐन बनाउन आवश्यक रहेको बताए । विश्वविद्यालय कलेजसरह भएको भन्दै छाता ऐन बनाएर त्यो ऐनको प्रवन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

उनले भने,‘मन्त्रीज्युलाई मेरो आग्रह के हो भने यति धेरै विश्वविद्यालय किन चाहिएको हो ? विश्वविद्यालय कलेज सरह हो? हामी हरेक विश्वविद्यालयको ऐन बनाउन राष्ट्रिय सभा प्रतिनिधिसभामा छुट्टा छुट्टै छलफल अथवा हरेक विश्वविद्यालयको ऐनको बारेमा छलफल किन गछौं ? विश्वविद्यालयको छाता ऐन बनाउन सकिँदैन् ? छाता ऐन बनाएर त्यो ऐनको प्रवन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्न सकिँदैन् ?’

उनले संघबाटै विश्वविद्यालयलाई स्वीकृत गर्ने हो भने भएका विश्वविद्यालय भन्दा फरक ढङ्गबाट शिक्षा, ज्ञान प्रदान गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने परिस्थिति निर्माण हुने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *