राजनीति पार्टीको गोटी बन्नु हुँदैन, राष्ट्रको लागि सोच्नु पर्छ : मन्त्री रिजाल

Sharing is caring!

असोज २५, २०८० । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कोही पनि राजनीतिक पार्टीको गोटी बन्न नहुने बताएका छन् ।

आज काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले मुलुक रहे र आर्थिक समृद्धि रहे मात्र आफुहरु रहने तर्क गर्दै राजनीतिक पार्टीको गोटी बन्न नहुने बताए ।

‘कुनै पनि राजनीति पार्टीको गोटी कोही पनि बन्न हुँदैन । यो मुलुक रहे आर्थिक समृद्धि रहे हामी राजनीतिक पार्टी हौं । हैन भने हामी कुनै राजनीतिक पार्टीको व्यक्ति बन्न सक्दनौं । ’ उनले समग्रमा सबै एक ठाउँमा बसेर मुलुक निमार्ण गर्नुपर्ने बताएका छन् । निजी क्षेत्रले हात उठाइदियो भने हामी सबै डुब्छौं उनको भनाई छ ।

‘कृषिलाई उद्योगको हिसाबले लाने हैन भने यो मुलुक आत्मनिर्भर बन्न सक्दैन । यो २ कठ्ठा २ रोपनीबाट हामीले आम्दानी गर्न सक्छौँ भन्ने सोच बदल्न सकेनौ । भने हामी अगाडि बढ्न सक्दनौं ।’ कृषिलाई उद्योगको हिसाबले लाने हैन भने मुलुक आत्मनिर्भर बन्न नसक्ने बताएका उनले निजी क्षेत्रलाई उकासेर अगाडि बढ्नु आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *