किसानले दुधको पैसा नपाएकोप्रति सांसद सिंहद्वारा सदनको ध्यानाकर्षण

Sharing is caring!

असोज १८, २०८० । राष्ट्रिय प्रजातन्त्र पार्टीका सासंद दिपक बहादुर सिंहले किसानको दुधको पैसा जतिसक्दो चाँडो भुक्तानी गर्न माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनीधिसभाको बैठमा शुन्य समयमा उनले, नेपाल कृषि प्रधान देश भन्ने प्रचार गरिएपनि त्यसलाई व्यवहारमा देखाउन आवश्यक पहल नभएको बताए । ‘नेपाल कृषि प्रधान देश हो भनेर ठुला ठुला कुरा गरिन्छ । तर लम्पि स्कीन रोगले किसानहरुको ढाड भाँचिएको छ । डिडिसि र डेरीहरले किसानहरुलाई दुधको पैसा भुक्तानी गरेको छैन्।’

उनले दशैं अगाडी चाँडो चाँडो डीडीसि र निजी डेरीहरुले किसानहरुलाई दुधको रकम बुझाउनु पर्ने माग गरे । त्यसका लागि आवश्यक भूमिका खेल्न उनले सरकारको ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *