पुराना पार्टीको विकल्प नयाँ पार्टी बन्न सक्दैनन् : नेता सिपि गजुरेल

Sharing is caring!

असोज २४, २०८० । क्रान्तिकारी कम्युनिष्ट माओवादीका नेता सिपि गजुरेलले पुराना पार्टीहरुको विकल्प नयाँ पार्टी बन्न नसक्ने तर्क गरेका छन् । बुधबार काठमाडौंमा क्रान्तिकारी कम्युनिष्ट माओवादीद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले जनताले पुरानो पार्टीको विकल्प खाजिरहेको अवस्थामा नयाँ पार्टी आएपनि चुनाव पछि पुरानो पार्टी जस्तै भएको तर्क गरे ।

उनले भने,‘आम जनताले पुराना राजनीतिक पार्टीहरुसँग वाक्क भईसके पार्टीहरुसँग जनताको विश्वास सकियो पुरानो व्यवस्थाप्रति पनि वितृष्णा भईसक्यो। जनताले विकल्प खोजिरहेको छन् । तर कसैले दिन सकेको छैनन् । विकल्प खोज्र्दै जाँदा नयाँ पार्टीलाई भोट दिन्छन् तर त्यो पनि उस्तै चुनाव सक्किन पाएको छैन् पुरानै पार्टी जस्तो भइसके । न नयाँ पार्टीले विकल्पको काम गर्छ । न अरुले सकेको छ ।’ उनले निर्वाचनबाट सरकार छान्ने व्यवस्थालाई हटाएर राष्ट्रिय राजनीतिक सम्मेलनले सरकारको निर्णय गर्ने व्यवस्था जरुरी रहेको बताए ।

उनले भने,‘निर्वाचनबाट अब यो सरकार हुँदैन् । निर्वाचनबाट भएको चाहे केन्द्रको संसदमा होस या प्रदेशमा होस् त्यहाँको बहुमतले निर्णय गर्दैन् । राष्ट्रिय राजनीतिक सम्मेलनले निर्णय गर्छ । राजनीति राष्ट्रिय सम्मेलन बन्छ र यो व्यवस्थालाई खारेज गर्छ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *