कांग्रेस महासमिति बैठक : एजेन्डाकेन्द्रित कि कर्मकाण्डी ?

Sharing is caring!

फागुन ७, २०८० । नेपाली कांग्रेसको सोमबारदेखि गोदावरीमा हुन लागेका महासमिति बैठकलाई एजेन्डाकेन्द्रित बनाउन कांग्रेसभित्रका विभिन्न समूह लागिपरेका छन् । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस गरिनेछ ।

१४औं महाधिवेशनको दुई वर्षपछि हुन लागेको महासमिति बैठकमा पार्टीको नीतिका ’दयगतमा छलफल हुनेछ । बहुमतमा रहेका सभापति शेरबहादुर देउवाको चाहनाबिना पार्टीको नीति र नेताहरूको कार्यशैली परिमार्जन भने सहज देखिँदैन । महासमिति बैठकमा सभापति देउवासहित संस्थापन पक्षलाई खबरदारी गरिरहने महामन्त्रीद्वयले ल्याउने प्रस्ताव र त्यसका एजेन्डा हावी हुन्छन् कि संस्थापन पक्षको बहुमत हावी हुन्छ रु त्यो शंकाकै घेरामा छ ।

६ देखि १० फागुनसम्म चल्ने महासमिति बैठकमा विभिन्न दबाब समूहले आफ्नो एजेन्डा पेस गर्ने तयारी छ । महासमिति बैठकमा अबको आगामी निर्वाचन र कांग्रेसको महाधिवेशनको विषयदेखि सनातन हिन्दू राष्ट्रको विषय मुख्य विषय बनाएर छलफल हुनेछ । त्यसका लागि कांग्रेसका शीर्ष नेतादेखि युवापुस्ताका नेताहरू लागिपरेका छन् ।

कांग्रेसको राजनीतिक, आर्थिक, परराष्ट्र, सामाजिकलगायतका नीति प्रतिवेदनमा हुनुपर्ने हो । तर, यसपटक पार्टी उपसभापति पूर्णबहादुर खड्का केही संशोधन गरेर पुरानै प्रतिवेदन पेस गर्ने तयारीमा छन् । उनले यसपटक पुरानो गल्ती सुधार गरेर नीतिहरू समयसापेक्ष बनाउनुपर्नेमा जोड दिएका छन् । २०७४ सालको सरकारले गलत अर्थनीति अवलम्बन गर्दा मुलुक अहिले आर्थिक संकटमा फस्दै आएको उल्लेख गर्दै प्रतिवेदनमा हचुवाका कार्यक्रम घोषणा गर्न नहुने सुझाव दिइएको छ ।

त्यस्तै, महामन्त्री गगनकुमार थापाले तयार पारेको सांगठनिक प्रतिवेदनमा निर्वाचनको विषयलाई जोडतोडका साथ उठाएका छन् । महामन्त्री थापाले आगामी निर्वाचनमा अरू दलसँग गठबन्धन गर्न नहुने र कांग्रेस एक्लै चुनाव लड्नुपर्ने विषय समेटिएका छन् । साथै, कांग्रेसको महाधिवेशन सधैं लम्बिरहने थिति हटाउन तोकिएकै मितिमा हुनुपर्ने र पार्टीमा विभिन्न क्षेत्रमा स्थापित भएकालाई आबद्ध गराइने विषय समेटिएका छन् ।

साथै, महामन्त्री थापाले पार्टी क्यालेन्डरनुसार चल्नुपर्ने विषय समेटेका छन् । तर, संस्थापन पक्षका नेताहरूले महामन्त्री थापाले ल्याएको प्रतिवेदनमा असहमति जनाएका छन् । संस्थापन पक्षका नेताहरूले ‘प्री–इलेक्सन एलायन्स’ नगर्ने संकल्प गर्ने प्रस्तावप्रति आपत्ति जनाएका हुन् । तर, महामन्त्री थापा प्रतिवेदनबाट सो विषय हटाउन तयार नभएपछि आइतबार बिहान सभापति देउवासहित छलफल भएको थियो ।

महामन्त्री थापा रूखबाहेक अन्य चुनाव चिह्नमा आफना नेता तथा कार्यकर्तालाई भोट हाल्न लगाउन नहुने पक्षमा अभिँदा देउवाले सो विषयलाई अहिले थाँती राखेर जानुपर्ने बताइरहेका छन् । तर, महामन्त्री थापा आफ्नो प्रतिवेदनको विषयमा टसमस हुने स्थिति छैन ।

संस्थापनइतरका नेताहरूले भने गठबन्धन नगर्ने प्रस्तावको समर्थन गरेका थिए । नेता डा। शेखर कोइराला, डा। गोविन्दराज पोखरेल, अजयबाबु सिवाकोटीलगायतले चुनावी तालमेल गर्न नहुने प्रस्तावलाई स्वागत गरेका छन् ।

देउवाले अहिलेको यस अवस्थामा चुनावी गठबन्धनलाई थाती राखेर अगाडि बढ्नुपर्छ भन्नुमा सत्ता साझेदारीको विषयले घर गरेको छ । देउवा यसै महासमिति बैठकबाट चुनावी गठबन्धनको पक्ष वा विपक्षमा कुनै निर्णय गराउन चाहिरहेका छैनन् । देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आलोपालो प्रधानमन्त्री हुने सहमति छ । अहिले यो विषय महासमितिबाट पारित गरेर गएमा सत्ता गठबन्धनमा उथलपुथल आउने र प्रधानमन्त्री हुने प्रक्रिया अन्योलमा पर्ने हो कि भन्ने चिन्ताका कारण सो विषयबाट पछि हट्न भनिरहेका छन् ।

यता, अर्का महामन्त्री विश्वप्रकाश शर्माले तयार पारेको समसामयिक राजनीतिक प्रतिवेदनमा भ्रष्टाचार नियन्त्रण गरी जनतामा सुशासन प्रत्याभूति गराउन राज्यका निकायलाई थप अधिकारसम्पन्न गराउने प्रस्ताव गरिएको छ । विगतमा भएका राजनीतिक गठबन्धनको समीक्षा गरेर संसद्मा नेताहरूको भूमिका प्रभावकारी बनाउनुपर्ने उल्लेख छ । यस्तै, सरकारको काम गर्ने शैलीमा व्यापक सुधार गर्न पार्टीले नै स्पष्ट मार्गनिर्देश गर्ने प्रस्ताव पनि शर्माको प्रतिवेदनमा छ ।

प्रवक्ता डा। प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसी महासमिति बैठकमा नेपाली कांग्रेसको सभापतिको चयन प्रत्यक्ष निर्वाचनबाट हुनुपर्ने विषयले प्रवेश पाउनुपर्ने बताउँछन् ।

‘कांग्रेसका क्रियाशील सदस्यसहितको मतबाट सभापति चयन हुने व्यवस्था हुुनपर्छ,’ नेता केसीले भने, ‘२०८२ सालसम्म महाधिवेशन जसरी पनि हुनुपर्ने र आगामी २०८४ सालको आमनिर्वाचनमा जाँदा नयाँ नेतृत्वमा हुनुपर्छ ।’ त्यसो हुनसकेमा आउँदो निर्वाचनमा जनतामा जाँदा एउटा उत्साह र जोश भर्न सकिने उनको तर्क छ ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडल अहिले जनतामा देखिएको निराशा र बेथितिको विषयमा कांग्रेसले स्पष्ट धारणा राख्नुपर्ने बताउँछन् । नेता पौडेल यसपटक महासमितिको बैठकमा भ्रष्टाचारको विषयलाई मुख्य एजेन्डाको विषय बनाउनुपर्नेमा जोड दिइरहेका छन् ।

पछिल्लो समय सार्वजनिक भएका नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा हिनामिना, गिरीबन्धु टि–इस्टेट, बाँसबारी छाला उद्योगको सरकारी जग्गा अतिक्रमण, कैलालीको टीकापुरमा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्तालगायत प्रकरण’दयगत कांग्रेस मौन रहँदै आएको छ । सो विषयमा पनि कांग्रेस महासमिति बैठकमा आवाज उठ्नुपर्ने युवा नेतहरूको जोड छ । कांग्रेस नुवाकोटका पार्टी सचिव श्रीराम श्रेष्ठ कांग्रेस महासमिति बैठकले कांग्रेसलाई ठूलो पार्टी मात्रै नभई प्रभावशाली बनाउने विषयमा एजेन्डा केन्द्रित हुनुपर्ने बताउँछन् ।

त्यस्तै, कांग्रेसका बहुसंख्यक नेताहरू यसपटकको महासमिति बैठकमा सनातन हिन्दू धर्मको विषय मुख्य एजेन्डा बनाउन खोजिरहेका छन् । नेपालमा सनातन हिन्दू राष्ट्रको उद्घोष गर्नेबेला भन्दै कांग्रेस नेता शंकर भण्डारीले त्यसको नेतृत्व गरिरहेका छन् । शनिबार मात्रै सो विषयलाई महासमितिको एजेन्डा बनाउने विषयमा बानेश्वको एक व्यांक्वेटबाट हिन्दू राष्ट्र महाअभियान घोषणा गरेका थिए । महासमिति बैठक ९नीति अधिवेशन०मार्फत ‘धर्म निरपेक्षता’लाई छोडेर कांग्रेसले ‘हिन्दू राष्ट्र’को मुद्दा औपचारिक रूपमै अँगाल्नुपर्ने भन्दै कतिपय नेताहरू जोडतोडका साथ लागिपरेका छन् । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *