डाइपरमा सुन लुकाएर ल्याउने पक्राउ

Sharing is caring!

असार २३, २०७६ । बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा सुन लिन आउने थप दुई जनासमेत पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आउँदै गरेका मोरङका लिलाबहादुर बस्नेतलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । सामान लिन आउने रूपेश गिरी र टेकबहादुर थापालाई समेत पक्राउ गरिएको उनले बताए ।

उनका अनुसार उनले कसैले पार्सल भनेर पठाएको पोको आफूले ल्याइदिएको बयान दिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको छ । प्रहरीले उनीसँग ४०० ग्राम सुनसमेत बरामद गरेको छ । बस्नेत तीन वर्ष कतारमा वैदेशिक रोजगारीमा बसेर घर फर्कदै गरेका थिए । सुन रिङ बनाएर डाइपरमा हालेको अवस्थामा भेटिएको थियो । यो खबर आजको  कान्तिपुरमा छापिएको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *