गणतन्त्र जनताको बन्न सकेन : महासचिव चन्द

Sharing is caring!

फागुन ६, २०८० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेको लोकतन्त्र र गणतन्त्र दलालहरूको कब्जामा गएको बताएका छन् ।

राजधानीमा आइतबार अनेरास्ववियु क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा उनले गणतन्त्र लोकतन्त्र दलालहरूको कब्जामा गएको भन्दै तिनीहरुको हातबाट जनताको हातमा फर्काउन क्रान्ति आवश्यक रहेको बताए ।

उनले भने, ‘एउटा साझा निष्कर्ष छ । यो गणतन्त्र जनताको गणतन्त्र बन्न सकेन, यो लोकतन्त्र जनताको लोकतन्त्र बन्न सकेन । गणतन्त्र लोकतन्त्र दलालहरूको कब्जामा गएको छ । तिनीहरुको हातबाट जनताको हातमा फर्काउन आन्दोलन क्रान्ति आवश्यक छ ।’ महासचिव चन्दले शताब्दीको गुलाम बनाउनका लागि दलालहरु गाउँगाउँमा अहिले हिडिरहेको बताए । भ्रष्टको नांगो अनुहार हेर्न पाइएको भन्दै त्यसले गज्जब पनि भएको उनको भनाइ छ ।

उनले भने, ‘नेपाललाई आधुनिक र २१ औ यो व्यवस्थाले जनताको अपेक्षाको प्रतिनिधित्व गर्न सक्दैन भन्ने कुरा साबित भयो नि । गज्जब भयो ? राज्यको कर छली गरेर लुकाउन नसकेर रातभरि निन्द्रा नलागेर बौलाउने मानिस देखियो गज्जब भएन ? शताब्दीको गुलाम बनाउनको लागि दलालहरू गाउँगाउँमा अहिले फाइल बोकेर हिँडिरहेका छन् । ती दलालहरूको नांगो अनुहार हेर्न पाइएको छ गज्जब त्यसैले यो व्यवस्थालाई नजिकबाट हेर्न पाइएको छ । त्यसैले नेपालमा बर्बादमात्र होइन गज्जब पनि भएको छ ।’

विद्यार्थी आन्दोलन आज एकदमै चुनौतिपूर्ण मोडमा अडकिएको भन्दै उनले देशमा केही हुँदैन बस्नुहुँदैन भन्ने गलत हल्ला चलेको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *