यात्रुवाहक सावरी साधनलाई सहज गराउन आजैदेखि मालवाहक सवारी सधान नचल्ने : सरोज सिटौला

Sharing is caring!

असोज २६, २०८० । विभिन्न जोखिम सिर्जना गर्ने भन्दै यात्रुवाहक सावरी साधनलाई सहज गराउन आजैदेखि मालवाहक सवारी सधानलाई निषेध गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सरोज सिटौलाका अनुसार ग्रामीण भेगका बाटो बिग्रेका कारण यसैपनि यात्रामा समस्या आउने हुँदा मालवाहक सवारी साधानले निकै नै समस्या निम्त्याएको छ ।

‘मालवाहक सावरी साधनलाई २६ गते देखि नै कतैबाट नआउने गरी अत्यावश्यक सवारी साधन बाहेक हेबी १८ चक्के २० चक्के सवारी साधन आउने गरेका छन् । त्यसले गर्दा सडकमा ठुलो अवरुद्ध हुन्छ । त्यसलाई भोलि २६ गतेबाट नारायणघाटबाट बर्दिवास हुँदै काठमाडौं विपी राजमार्गबाट आउने र काठमाडौं नाका भित्रिने मालबाहक अत्यावश्यक र खाद्यान्न बाहेकका अन्य सवारी साधनलाई रोक्ने यातायात विभागले निर्णय गरेको छ । यसो गर्दा सर्वसाधारणलाई सहजीकरण हुन्छ । मेची महाकालीका सबै सडकहरूमा १०/१५ दिनको समयमा लाखौ मान्छे निकाल्नु पर्ने हुन्छ । सबै सडमा यात्रुवाहक सावरी साधनलाई पहिलो प्राथमिकता सबै क्षेत्रले गाडी आउन जान सहज बनाउन सहयोग गर्नेछन् । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *