विपद व्यवस्थापनमा अझ धेरै काम गर्न बाँकी छ : मन्त्री श्रेष्ठ

Sharing is caring!

असोज २६, २०८० । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढ्दो प्राकृतिक प्रकोपको क्षतिलाई हेर्दा विपद व्यवस्थापनको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको महसुस हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पहिरो भूकम्पको पूर्वसूचना न्यूनीकरणको आधार कार्यक्रममा उनले विपद व्यवस्थापन विपद, प्रकोप घटाउने कुरामा मात्र सीमित नभइ देश विकासको प्रमख जगको रुपमा रहेको बताए ।

‘हरेक वर्ष बाढी पहिरोबाट हुने गरेको क्षतिले विपद व्यवस्थापनको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको कुरालाई प्रस्ट्याइरहेको छ’ उनले भने ।

ठूलो लगानी रहेका पूर्वाधारका योजनाहरूलाई सुरक्षित बनाउन आवश्यक रहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

उनले नेपाल सरकार यो तथ्यलाई महसुस गर्दै आवश्यक नीति बनाउन सधैँ तत्पर रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *