माओवादीले फिर्ता लियो गण्डकी प्रदेश सरकारको समर्थन

Sharing is caring!

फागुन २३, २०८० । नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

‘हामीले हिजै लिनुपर्ने निर्णय थियो अलि ढिला भयो । सरकारलाई दिएको समर्थन आजको बैठकले फिर्ता लिएको छ । संसद सचिवालयमा पत्र पठाइसकेका छौं,’ चुमानले भने ।

गण्डकीमा माओवादीले मुख्यमन्त्री पाण्डेलाई दिएको समर्थन फिर्ता लिएसँगै पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
सरकार चलाउन ३१ जना सांसदको अंकगणित पर्याउनुपर्ने गण्डकीमा एमाले र माओवादीका कूल २९ सांसद छन् । कांग्रेस एक्लैको २७ सांसद रहेको गण्डकीमा राप्रपाकाको २ र एकीकृत समाजवादीको १ जना सांसद छन् ।

त्यहाँ नयाँ गठबन्धनको सरकार बनाउन पनि राप्रपा र एकीकृत समाजवादीको भुमिका महत्वपूर्ण हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *