Hitkhabar - Hitkhabar https://hitkhabar.com/author/srijneshprakash/ The new era of Information Sat, 16 Nov 2019 10:42:53 +0000 en-US hourly 1 https://hitkhabar.com/wp-content/uploads/2018/04/cropped-hitkhabar-32x32.jpg Hitkhabar - Hitkhabar https://hitkhabar.com/author/srijneshprakash/ 32 32 प्रदेश २ लाई समृद्ध बनाउँन नेकपाको सरकार चाहिन्छ: प्रभु साह https://hitkhabar.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a5%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a4%ae%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%81/ https://hitkhabar.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a5%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a4%ae%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%81/#respond Sat, 16 Nov 2019 05:07:16 +0000 https://hitkhabar.com/?p=13582 अध्यक्ष प्रभु साह

कात्तिक ३०, २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश २ लाई समृद्ध बनाउँनका लागि नेकपाको

The post प्रदेश २ लाई समृद्ध बनाउँन नेकपाको सरकार चाहिन्छ: प्रभु साह first appeared on Hitkhabar.

The post प्रदेश २ लाई समृद्ध बनाउँन नेकपाको सरकार चाहिन्छ: प्रभु साह appeared first on Hitkhabar.

]]>

कात्तिक ३०, २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश २ लाई समृद्ध बनाउँनका लागि नेकपाको सरकारको आवश्यक्ता रहेको बताएका छन् । उनले प्रदेश २ को आर्थिक समृद्धिको योजना कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले मात्रै पुरा गर्ने दावी गरे ।

नेकपा बाराका नेता अभिमन्यूबहादुर क्षेत्रीको १३ औं पुन्य तिथिको अवसरमा आज जितपुर सिमरा उपमहानगरपालिकाको फतेपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा पुर्व मन्त्री समेत रहेका नेता साहले अहिलेको प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेकाले प्रदेशको समृद्धि असम्भव भएको बताए ।

‘प्रदेश २ मा समृद्धि तथा सुशासन कम्युनिष्ट नेतृत्वको प्रदेश सरकारले मात्रै ल्याउँन सक्छ’ साहले भने, ‘अरु त भ्रष्टाचारमा लिप्त छन, कसरी समृद्धि सम्भव छ, अब कम्युनिष्ट नेतृत्वको सरकारको आवश्यक्ता छ ।’

राजनीति राष्ट्र र समाजको सेवाका लागि हुनुपर्ने बताउँदै उनले केही व्यक्तिले राजनीतिको नाममा व्यापारीकरण गरी दुसित बनाएको बताए । समाजमा परिवर्तन ल्याउँनका लागि राजनीति गर्नुपर्नेमा जोड दिदै साहले नाफा कमाउँनेले व्यापार गर्नुपर्ने सुझाव दिए ।

अभिमन्यूबहादुर क्षेत्री कम्युनिष्ट पार्टी र समाजको एक सच्चा समाजसेवी रहेकाले उनको निधनले पार्टी, समाज, राष्ट्रका साथै परिवारलाई ठुलो क्षति पुगेको बताए । समाज सेवालाई निरन्तर्ता दिएका अभिमन्यूबहादुर क्षेत्रीको योगदान उच्च रहेको उनले बताए ।

श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं बारा इन्चार्ज बलबिर चौधरी, केन्द्रीय सदस्य एवं सहइन्चार्ज ज्वालाकुमारी साह, जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, प्रदेश २ सभा सदस्य कुन्दन कुशवाहा, महमद समिर, मुकेश साह, उमेश कुशवाहा, अमर साह , रबि दंगाल, लालकिरण, गिता कडेल, देवनारायण चौधरी, कृष्ण खनाल, प्रेम बराल, लगायतको सहभागिता रहेको थियो ।

The post प्रदेश २ लाई समृद्ध बनाउँन नेकपाको सरकार चाहिन्छ: प्रभु साह first appeared on Hitkhabar.

The post प्रदेश २ लाई समृद्ध बनाउँन नेकपाको सरकार चाहिन्छ: प्रभु साह appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a5%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a4%ae%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%81/feed/ 0
उपत्यकामा बल्नै छाडे ट्राफिक बत्ती https://hitkhabar.com/%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%b2%e0%a5%8d%e0%a4%a8%e0%a5%88-%e0%a4%9b%e0%a4%be%e0%a4%a1%e0%a5%87-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0/ https://hitkhabar.com/%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%b2%e0%a5%8d%e0%a4%a8%e0%a5%88-%e0%a4%9b%e0%a4%be%e0%a4%a1%e0%a5%87-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0/#respond Sun, 07 Jul 2019 01:19:08 +0000 http://hitkhabar.com/?p=11863 उपत्यकाका ट्राफिक बत्ती

असार २२, २०७६ । सरकारको बेवास्ताका कारण काठमाडौं उपत्यकाका ट्राफिक बत्ती वर्षौंदेखि नबली बेवारिसे अवस्थामा छन् । ट्राफिक बत्तीको मर्मत सम्भार

The post उपत्यकामा बल्नै छाडे ट्राफिक बत्ती first appeared on Hitkhabar.

The post उपत्यकामा बल्नै छाडे ट्राफिक बत्ती appeared first on Hitkhabar.

]]>

असार २२, २०७६ । सरकारको बेवास्ताका कारण काठमाडौं उपत्यकाका ट्राफिक बत्ती वर्षौंदेखि नबली बेवारिसे अवस्थामा छन् । ट्राफिक बत्तीको मर्मत सम्भार तथा नयाँ बत्ती जडानमा सरकारले चासो र तत्परता नदेखाउँदा ट्राफिक व्यवस्थापनमा समेत दिन प्रतिदिन जटिलता थपिँदै गएको छ ।१२ लाख बढी सवारी गुडिरहने काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी हातकै इसारामा ट्राफिक व्यवस्थापन गर्न बाध्य छन् । ट्राफिक बत्ती नहुँदा ट्राफिक व्यवस्थापनामा चुनौती थपिएको छ भने पैदल यात्रु र सवारी चालकले पनि अनावश्यक हैरानी खेप्नुपरेको छ ।

हाल काठमाडौं उपत्यकामा बेलाबखत ४-५ ठाउँमा मात्र बत्ती बल्ने गरेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्त त उपत्यकामा बत्ती नै बल्न छाडेको बताउँछन् । उनले सम्बन्धित स्टेक होल्डरसँग समन्वय गर्ने, पत्राचार गर्ने र सुझाव दिने काम गरिरहे पनि ट्राफिक बत्तीको उचित व्यवस्थापन नभएको बताए ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले आठ मिटरभन्दा माथिको सडकमा सडक बत्ती बनाउने काम सडक विभागको भए पनि जिम्मेवारी पूरा नगरेको बताए ।

‘हामीले बनाउन अनुरोध गरेका हौं । विभाग बनाउँछौं, बत्ती हाल्छौं भन्छ तर अहिले पनि बनेन,’ उनले राजधानीसँग भने ।
उपत्यकाभित्र हाल बानेश्वर चोक, सल्लाघारी, गठ्ठाघर, जडीबुटी चोक र महाराजगन्ज चोकमा रहेका ट्राफिक लाइट बल्छन् तर तीमध्ये केही बल्दैनन् ।२०३७ सालमा जाइकाले उपत्यकाका २० चोकमा ट्राफिक बत्ती जडान गरेको थियो । त्यसपछि केही वर्ष बत्ती बले पनि फेरि बत्ती बल्न बन्द हुन पुगेको हो ।

सडक विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा काठमाडौं महानगरपालिकाको सक्रियतामा २०७४ चैत मा दशकपछि ११ ठाउँमा ट्राफिक बत्ती सञ्चालनमा आएको थियो । तर, केही दिन बित्न नपाउँदै अधिकांश ठाउँका बत्ती बल्न छाडेका थिए । नयाँ बानेश्वर, नारायणगोपाल चोक, पद्यमोदय मोड, शंकरदेव मोड, नारायणहिटी दक्षिण गेट, काठमाडौं महानगरपालिका सुन्धारा र सोल्टिमोड चोकमा ट्राफिक बत्ती जडान गरिएको थियो । ती स्थानमा बत्ती नै बल्न छाडेका छन् ।
उपत्यकाभित्रका सवारीसाधन व्यवस्थापन गर्न कालीमाटी, थापाथली, माइतीघर, सिंहदरबार, पुतलीसडक, केशरमल, गौशला, कोटेश्वरलगायतका क्षेत्रमा ट्राफिक बत्ती जडान गरे पनि ती ठाउँमा बत्तीका पोल र नबल्ने बत्ती मात्र देख्न सकिन्छ ।
ट्राफिक जाम न्यूनीकरण गर्न उपत्यकाभित्र १ सय ३९ स्थानमा ट्राफिक बत्तीको आवश्यकता देखिएको महानगरीय ट्राफिक महाशाखा जनाएको छ । तर, हाल उपत्यकाका चोकमा ट्राफिक बत्ती नै बल्न छाडेको हो ।
सडक विभागले काठमाडौंमा बत्ती मर्मत तथा जडानको काम नगरेपछि काठमाडौं महानगरपालिका आफैंले पनि बनाउने तयारी सुरु गरेको छ । ‘हामीले विभागलाई जति भने पनि नभएपछि आगामी वर्षको नीति तथा कार्यक्रममा चोक चोकमा ट्राफिक बत्ती बाल्ने योजना ल्याएका छौं,’ प्रवक्ता डंगोलले भने ।

पैदल यात्री मर्कामा

काठमाडौं उपत्यकामा ट्राफिक बत्ती नहुँदा सवारी चालक र ट्राफिक प्रहरीलाई मात्र नभएर पैदल यात्रुले समेत सास्ती भोग्नुपरेको छ ।पैदल यात्रुले बत्ती अभावमा जेब्रा क्रसिङमा ज्यान नै खतरामा राखेर बाटो काट्न बाध्य छन् । बत्ती नभए पनि सवारी पनि नरोकिने हुँदा यात्रुको सुरक्षामा समेत खतरा हुने गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा ३ सयको संख्यामा जेब्राक्रस छन् । तर, ट्राफिक बत्ती भने कहिले ३-४ ठाउँ त कहिले एक ठाउँमा मात्र बल्छन् । नयाँ बानेश्वर, महाराजगन्ज चोक र भक्तपुरको कौशलटार चोकको जेब्राक्रसमा बत्ती बल्ने गरेको छ । नयाँ बानेश्वर चोकको बत्ती अधिकांश समय बल्दैनन् । थापाथली, बानेश्वर, सिंहदरबार, पुतलीसडक, कुमारी बैंक, पद्मोदय मोड र माइतीघरको जेब्राक्रस बढी व्यस्त भए पनि त्यहाँका सडक बत्ती नै बल्दैनन् । यो खबर राजधानीबाट लिएका हौ ।

 

The post उपत्यकामा बल्नै छाडे ट्राफिक बत्ती first appeared on Hitkhabar.

The post उपत्यकामा बल्नै छाडे ट्राफिक बत्ती appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%b2%e0%a5%8d%e0%a4%a8%e0%a5%88-%e0%a4%9b%e0%a4%be%e0%a4%a1%e0%a5%87-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0/feed/ 0
झगडा पनि फाइदाजनक https://hitkhabar.com/%e0%a4%9d%e0%a4%97%e0%a4%a1%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%ab%e0%a4%be%e0%a4%87%e0%a4%a6%e0%a4%be%e0%a4%9c%e0%a4%a8%e0%a4%95/ https://hitkhabar.com/%e0%a4%9d%e0%a4%97%e0%a4%a1%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%ab%e0%a4%be%e0%a4%87%e0%a4%a6%e0%a4%be%e0%a4%9c%e0%a4%a8%e0%a4%95/#respond Sun, 07 Jul 2019 01:11:19 +0000 http://hitkhabar.com/?p=11859 झगडा

असार २२, २०७६ । घरमा बालबालिका आपसमा झगडा गर्दा तपाईंहरू के गर्नुहुन्छ ? पक्कै पनि बालबालिकालाई गाली गर्ने, छुट्याउने गर्नुहुन्छ

The post झगडा पनि फाइदाजनक first appeared on Hitkhabar.

The post झगडा पनि फाइदाजनक appeared first on Hitkhabar.

]]>

असार २२, २०७६ । घरमा बालबालिका आपसमा झगडा गर्दा तपाईंहरू के गर्नुहुन्छ ? पक्कै पनि बालबालिकालाई गाली गर्ने, छुट्याउने गर्नुहुन्छ होला तर बालबालिकाको सानो झगडा उनीहरूकै लागि फाइदाजनक हुने चिकित्सक बताउँछन् ।
बाल्यकालमा बच्चाहरू झगडा गर्छन् भने त्यसलाई धेरै हदसम्म छुट दिएकै राम्रो हुने पाटन विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यले बताउनुभयो । उहाँले बालबालिकाको सानोतिनो झगडाले रचनात्मक हुन मद्दत गर्ने जानकारी दिनुभयो ।

डा. शाक्य भन्नुहुन्छ, “एक बच्चाले के सामान लियो, त्यही अर्कोलाई पनि चाहिन्छ, त्यसैमा झगडा हुन्छ, रुन्छ तर त्यही झगडाले अर्को बच्चाले धेरै ज्ञान प्राप्त गरिरहेको हुन्छ । दाजु अथवा दिदीले गरेको काम या पढाइले सानो बालबालिकाले पनि धेरै कुरा सिकिरहेको हुन्छ भने विभिन्न रचनात्मक काम पनि गरिरहेको हुन्छ । ”

बालशिक्षाका विशेषज्ञ कुमुद भट्ट भन्नुहुन्छ, “बालबालिकाको झगडाले हामीलाई पनि सिक्ने मौका मिल्छ, झगडा गर्नु आफैँमा नराम्रो हो तर बालबालिकाको सानोतिनो झगडाले उनीहरूलाई नै सिर्जनशील बनाइरहेको हुन्छ । ”
सामान्य कुरामा भनाभन हुनु, कुटाकुट गर्नु, रुनु कराउनु यी सबै सामान्य हुन् । यस्तो लडाइँ झगडाले उनीहरूमा आफ्नो कुरा स्पष्टसँग राख्ने मौका मिल्ने भट्ट बताउनुहुन्छ । साथै, आफ्नो कमजोरी पनि औँल्याउने मौका पाउँछ । जब साथीले मेरो कामप्रति चित्त बुझाउँदैन, तब उसले गाली गर्न थाल्छ । यसको मतलब के हो भने, मैले गरेको काम अरूलाई मन परेको छैन, मैले गरेको काम सबैका लागि राम्रो हुन सकेको छैन ।
“त्यही कारण उनीहरूले यसमा चित्त बुझाएनन् भन्ने बुझ्छन्,” उहाँ स्पष्ट पार्नुहुन्छ । भट्टका अनुसार यस किसिमको झगडाले उनीहरू थप माझिँदै जान्छन् । प्रकृतिले सायद त्यही कारण बाल्यकालको झगडालाई स्वाभाविक बनाइदिएको हो, जसले बालबच्चालाई थप
माझिने मौका मिल्छ । ”

डा. शाक्य भन्नुहुन्छ, “जब बच्चाहरू आपसमा झगडा गर्छन्, तब उनीहरू तर्क पनि गरिरहेका हुन्छन् । उनीहरूले आफ्नो कुरा सही हो भनेर पुष्टि गर्ने प्रयत्न गरिरहेका हुन्छन् । यसबाट के सही, के गलत भन्ने कुरा पनि छुट्याइन्छ । उनीहरू एकअर्कालाई कुटाकुट गर्छन्, रुन्छन्, तब मन सफा हुन्छ । अघिसम्मको रिसराग पखालिन्छ । यो पनि एक किसिको फाइदाजनक अभ्यास भएको उहाँले प्रस्ट पार्नुभयो ।
बालविशेषज्ञ रमेश मल्ल भन्नुहुन्छ, “बच्चाहरू झगडा गर्दा रुन्छन्, तब उनीहरूलाई फकाउनु पर्दैन । केही समयपछि आफैँ सम्हालिन्छन् । यसको अर्थ उनीहरूले आफ्नो मनलाई आफँै सम्झाउने तथा भावनात्मक रूपमा बलियो बनाउने क्षमता वृद्धि हुन्छ । ”

झगडापछि एकैछिनमा एकअर्कासँग बोल्छन्, घुलमिल हुन्छन्, खेल्न थाल्छन्, रमाउन थाल्छन् । खेल्दाखेल्दै उनीहरूबीच मतान्तर हुन्छ । फेरि तनाव सुरु हुन्छ । एकले अर्कालाई आरोप लगाउन थाल्छन् । एकले अर्कालाई गाली गर्न थाल्छन् । उनीहरूमा यस्तो काम बारम्बार भइनै रहन्छ, त्यसमा अभिभावकले दिक्क भने मान्नु नहुने उहाँको सुझाव छ । डा. शाक्यले बाल्यकालमा चुपचाप बस्ने, झगडा नगर्नेमा बालमस्तिष्कमा कुनै समस्या भएको भन्न सकिन्छ । त्यसैले झगडा गर्न दिनुपर्छ ।

उहाँले भन्नुभयो, “बाल्यकालमा गरेको फट्याइँ, धुत्र्याइँ, झगडा, लुछाचुँडी । यिनै कुरा सम्झेर तपाईं आज आफ्नो बाल्यकालमा फर्कन चाहनुहुन्छ । ”
बाल्यकालमा आफ्ना दाजुभाइ तथा दिदीबहिनीलाई दुःख दिएको, खानेकुरा खोसेर वा लुकाएर खाएको, लुगाको निहुँमा झगडा गरेको, खेल्दाखेल्दै कुटाकुट गरेको स्मरण गर्दा कति रमाइलो हुन्छ । अहिलेका अभिभावकले भने झगडा गर्छ भनेर बालबालिकालाई मोबाइल दिने गर्नुहुन्छ, जसले गर्दा बालबालिकामा गेमिङ डिसअर्डरको समस्या देखा पर्न थालेको छ ।

अहिले बालबालिकालाई मोबाइल, ट्याब हेर्दै फुर्सद छैन, कहाँबाट झगडा गर्नु, के खेल्नु ?“यो समस्याको विषय भएको छ,” उहाँको भनाइ छ । बालशिक्षा विशेषज्ञ भट्ट थप्नुहुन्छ, “साना बालबच्चाहरू दाजुभाइ, दिदीबहिनीमा आफूआफू लडाइँ झगडा गर्छन्, हामीलाई थाहा छैन, यो बालसुलभ प्रवृत्ति हो । बालापनको सौन्दर्य पनि हो । ” यो खबर गोरखापत्रबाट लिएका हौ ।

The post झगडा पनि फाइदाजनक first appeared on Hitkhabar.

The post झगडा पनि फाइदाजनक appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/%e0%a4%9d%e0%a4%97%e0%a4%a1%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%ab%e0%a4%be%e0%a4%87%e0%a4%a6%e0%a4%be%e0%a4%9c%e0%a4%a8%e0%a4%95/feed/ 0
किसानको पीडा कसले सुन्छ ? https://hitkhabar.com/%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%be-%e0%a4%95%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%9b/ https://hitkhabar.com/%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%be-%e0%a4%95%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%9b/#respond Sun, 07 Jul 2019 01:01:19 +0000 http://hitkhabar.com/?p=11856 किसान

असार २२, २०७६ । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने सरकारी निर्णयको चौतर्फी विरोध भएको छ। नेपाली कृषिजन्य

The post किसानको पीडा कसले सुन्छ ? first appeared on Hitkhabar.

The post किसानको पीडा कसले सुन्छ ? appeared first on Hitkhabar.

]]>

असार २२, २०७६ । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने सरकारी निर्णयको चौतर्फी विरोध भएको छ।

नेपाली कृषिजन्य वस्तु निर्यातकर्ता व्यवसायी र उपभोक्ताले सरकारको पछिल्लो निर्णयको विरोध गरेका छन्। नेपाली अदुवा उत्पादक तथा व्यवसायी संघ, अलैंची व्यवसायी महासंघ, जडीबुटी उत्पादक महासंघ, कफी उत्पादक संघ, चिया व्यवसायी संघ र अर्गानिक उत्पादक संघले सरकारको निर्णयप्रति विरोध जनाएका हुन्।

ती संस्थाले नेपालबाट भारत निर्यात हुने कृषिजन्य वस्तुको निकासी गर्दा भारतीय पक्षले सास्ती दिने गरेको गुनासो गरेका छन्। अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले भारतले नेपालको क्वारेन्टाइन कार्यालयले जारी गर्ने प्रमाणपत्रलाई मान्यता नदिँदा आफूहरू ७ दिन लगाएर भारतको पटना र कोलकाताबाट अलैंचीको नमुना परीक्षण गराउनुपर्ने सास्ती व्यहोरिरहेको दुःखेसो पोखे।

‘भारतीय तरकारी र फलफूल परीक्षण गर्दा भारतीय किसानको पीडा हेर्ने सरकारले हाम्रो पीडा कहिले हेर्ने ? पटना र कोलकातामा एउटा नमुना परीक्षण गर्दा डेढ लाख नेपाली रुपैयाँ खर्च हुन्छ’, कार्कीले भने, ‘त्यतिले नपुगेर पनि विभिन्न प्रकारका बहाना झिकेर सीमामै एक महिनासम्म अलैंचीसहितको ट्रक थन्काइदिन्छन्।’

नेपाली अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव हेमन्त बोहराले भारतीय पक्षको झमेलाका कारण अदुवा निर्यातमा समस्या आइरहेको जानकारी दिए। उनले भारतीय अधिकारीले विभिन्न आरोप लगाएर नेपाली अदुवाको ट्रक महिनौंसम्म सीमा रोकेका कारण किसान र व्यवसायीले करोडौं रुपैयाँको घाटा व्यहोरेको जानकारी दिए। नेपाली आधिकारिक प्रमाणपत्र उपलब्ध गराउँदा पनि कोलकाता, पटना र लखनउबाट पुनः परीक्षण गराएर मात्रै निर्यात गर्न दिएको उनको भनाइ छ।

‘कुनै न कुनै बहाना झिकेर नेपाली उत्पादनको निर्यातलाई निरुत्साहित गर्ने भारतीय पक्षको नियति नै छ,’ बोहराले भने, ‘उसको पर्याप्त उत्पादन भएका बेला कुनै न कुनै आरोप लगाएर महिनौंसम्म नाकामै अदुवा थन्काइदिन्छन्।’ इलामस्थित गोर्खा टी इन्डस्ट्रिजका सञ्चालक उदय चापागार्इंले पनि कोलकाता र लखनउको प्रयोगशालामा परीक्षण नगराई भारतीय अधिकारीले निर्यात गर्न नदिएको जानकारी दिए।

यस्तै, उपभोक्ताले पनि विषादी परीक्षण नगरेको तरकारी तथा फलफूल आयात गरी सरकारले आमनागरिकको स्वास्थ्यमा खेलबाड गरेको उपभोक्ताको गुनासो छ।

नेपाल कृषि सहकारी केन्द्रीय संघले शनिबार विज्ञप्ति जारी गरी सरकारको पछिल्लो निर्णयका कारण नेपाली उपभोक्ता गुणस्तरीय र ताजा कृषि सामग्री उपभोग गर्नबाट वञ्चित भएको जनाएको छ। आयात हुने तरकारी र फलफूलको परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने माग गर्दै संघले तत्कालका लागि जुन स्थानमा परीक्षण गर्ने सुविधा उपलब्ध छ, त्यस्ता स्थानमा नमुना परीक्षण गर्ने काम तत्काल थाल्न आग्रह गरेको छ।

संघले सीमा क्षेत्रमा सुविधासम्पन्न प्रयोगशाला निर्माण पनि तत्कालै सुरु गर्नुपर्ने सुझाव दिएको छ। यस्तै, विवेकशील नेपाली दलले भारतबाट आयात हुने तरकारी र फलफूल प्रयोग नगर्न आग्रह गरेको छ।

सत्तारुढ नेकपाको भ्रातृ संगठनले पनि विषादी परीक्षण निर्णय फिर्ताको विरोध गरेको छ। अनेरास्ववियुका अध्यक्ष रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा सरकारको निर्णय संविधानको धारा ३६ को खाद्यसम्बन्धी मौलिक हकको मर्मविपरीत रहेको उल्लेख छ। तामाङले विदेशी दबाबमा यस्तो निर्णय आएको हुन सक्ने आशंका पनि विज्ञप्तिमार्फत व्यक्त गरेका छन्।

प्रधानमन्त्री केपी ओलीले नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दिएको अभिव्यक्तिसमेत गैरजिम्मेवार रहेको सरोकारवाला निकायले आंैल्याएका छन्। राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीले आमउपभोक्ता र नेपाली किसानको भावनाविपरीत गैरजिम्मेवार अभिव्यक्ति नदिन आग्रह गरे।

‘प्रधानमन्त्रीबाट आएको आएको पछिल्लो अभिव्यक्ति केटाकेटीले गर्ने खेलाँचीजस्तै लाग्यो’, अधिकारीले भने, ‘सरोकारवाला मन्त्रालयसँग गम्भीर छलफल र तयारीबिनै कुन आधारमा उहाँले असार २ गते भन्सार विन्दुमा परीक्षण गर्ने निर्णय गर्नुभयो।’यो खबर अन्नपूर्ण पोस्टमा राजेश बर्मा लेखेका छन् ।

The post किसानको पीडा कसले सुन्छ ? first appeared on Hitkhabar.

The post किसानको पीडा कसले सुन्छ ? appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%80%e0%a4%a1%e0%a4%be-%e0%a4%95%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%9b/feed/ 0
विश्वविद्यालय अनुदान आयोगमा असारे खर्च: सम्पूर्ण अधिकृत र पदाधिकारी विदेश भ्रमणमा https://hitkhabar.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%a8-%e0%a4%86%e0%a4%af/ https://hitkhabar.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%a8-%e0%a4%86%e0%a4%af/#respond Sun, 07 Jul 2019 00:53:36 +0000 http://hitkhabar.com/?p=11853 विश्वविद्यालय अनुदान आयोग

असार २२, २०७६ । विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी र अधिकृतस्तरका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा जान लागेका छन् ।

The post विश्वविद्यालय अनुदान आयोगमा असारे खर्च: सम्पूर्ण अधिकृत र पदाधिकारी विदेश भ्रमणमा first appeared on Hitkhabar.

The post विश्वविद्यालय अनुदान आयोगमा असारे खर्च: सम्पूर्ण अधिकृत र पदाधिकारी विदेश भ्रमणमा appeared first on Hitkhabar.

]]>

असार २२, २०७६ । विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी र अधिकृतस्तरका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा जान लागेका छन् । बजेट सक्न असारको अन्तिममा कार्यालय नै रित्तो बनाएर उनीहरू भियतनाम र चीन भ्रमणमा निस्किन लागेका हुन् । आज १० जना भियतनाम र आठजना चीन उड्दै छन् । भियतनामको टोलीमा आयोगका सदस्यसचिव प्रा.डा. देवराज अधिकारीसहित केदारप्रसाद आचार्य, राममणि गौतम, डम्बरलाल श्रेष्ठ, उषा खकुराल, कपिल रिसाल, दुलराज चिमोरिया, विरोद भट्टराई, उषा पोखरेल र शिक्षा मन्त्रालयका उपसचिव रमेश मैनाली टोलीमा छन् । अधिकृत रमेशप्रसाद अधिकारी आन्तरिक कारबाहीमा परेकाले भ्रमणमा सहभागी हुन पाएनन् ।

त्यसैगरी चीन जाने टोलीमा आयोगका अध्यक्ष प्रा.डा. भीम सुवेदी, बोर्ड सदस्यहरू गोविन्द आचार्य, विकास अधिकारी, चन्द्रकला घिमिरे र पिके झा, आयोगका पदेन सदस्य त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा.डा. तीर्थ खनियाँ र कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकाल छन् । आयोगका कर्मचारी देवेन्द्र रावल पनि टोलीमा परेका छन् ।

भियतनाम जाने टोली आइतबार बेलुकी उड्दै छ भने चीन जाने टोली २६ असारमा जानेछ । स्रोतका अनुसार विदेश भ्रमणका लागि ५० लाख बजेट विनियोजन गरेका छन् । सदस्यसचिव अधिकारीको टोलीले कोरिया भ्रमण गर्ने योजना बनाए पनि नमिलेपछि भियतनामको भ्रमण तय गरेको हो । आयोगका प्रशासकीय प्रमुख सुवास ढुंगेलबाहेक सबै अधिकृतस्तरका कर्मचारी भियतनाम जाँदै छन् ।

आयोगबाटै निर्णय गरेर एक्सपोजर भिजिटका नाममा उनीहरूले भ्रमण गर्न लागेका हुन् । आयोगको कार्यक्रम कार्यविधिमा सार्क मुलुकभित्रको एक्सपोजर भिजिटमा जान सक्ने उल्लेख छ । तर, उनीहरू अहिले आसियन मुलुक जान लागेका छन् । चीनमा हुने कार्यक्रम दुई दिनको छ, तर भ्रमणको कार्यक्रम सात दिनको छ । भियतनाम जाने टोलीले आठ दिनको भ्रमण तय गरेको छ । यो खबर नयाँ पत्रिकाबाट लिएका हौ ।

The post विश्वविद्यालय अनुदान आयोगमा असारे खर्च: सम्पूर्ण अधिकृत र पदाधिकारी विदेश भ्रमणमा first appeared on Hitkhabar.

The post विश्वविद्यालय अनुदान आयोगमा असारे खर्च: सम्पूर्ण अधिकृत र पदाधिकारी विदेश भ्रमणमा appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%a8-%e0%a4%86%e0%a4%af/feed/ 0
पूर्वकप्तान धोनीले सन्यास लिन सक्ने ! https://hitkhabar.com/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%a8-%e0%a4%a7%e0%a5%8b%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be/ https://hitkhabar.com/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%a8-%e0%a4%a7%e0%a5%8b%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be/#respond Sat, 06 Jul 2019 14:50:42 +0000 http://hitkhabar.com/?p=11850 पूर्वकप्तान महेन्द्र सिंह धोनी

असार २१, २०७६ । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यास लिने विषय चर्चा समाजिक सञ्जालमा व्यापक चलेको छ ।

The post पूर्वकप्तान धोनीले सन्यास लिन सक्ने ! first appeared on Hitkhabar.

The post पूर्वकप्तान धोनीले सन्यास लिन सक्ने ! appeared first on Hitkhabar.

]]>

असार २१, २०७६ । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यास लिने विषय चर्चा समाजिक सञ्जालमा व्यापक चलेको छ ।

भारतीय सञ्चार माध्यमहरुले विश्वकपपछि ३८ वर्षे धोनीले सन्यास लिने सम्भावना रहेको बताई रहँदा धोनीले भने सन्यास लिनेबारे निश्चित नरहेको बताएका छन् ।

इङग्ल्याण्डमा जारी विश्वकपमा भारत सेमीफाइनलसम्मको यात्रा तय गरिसकेका छन् ।

The post पूर्वकप्तान धोनीले सन्यास लिन सक्ने ! first appeared on Hitkhabar.

The post पूर्वकप्तान धोनीले सन्यास लिन सक्ने ! appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%a8-%e0%a4%a7%e0%a5%8b%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be/feed/ 0
प्रधानमन्त्री ओली हाँस्यस्पद पात्र बन्नुभयो, विहान देशभक्ती र बेलुका दिल्लीभक्तिको कुरा गर्नुहुन्छ: धनराज गुरुङ https://hitkhabar.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%93%e0%a4%b2%e0%a5%80-%e0%a4%b9%e0%a4%be%e0%a4%81%e0%a4%b8%e0%a5%8d%e0%a4%af/ https://hitkhabar.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%93%e0%a4%b2%e0%a5%80-%e0%a4%b9%e0%a4%be%e0%a4%81%e0%a4%b8%e0%a5%8d%e0%a4%af/#respond Sat, 06 Jul 2019 14:27:55 +0000 http://hitkhabar.com/?p=11842 धनराज गुरुङ

असार २१, २०७६ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली हाँस्यास्पद पात्रको रुपमा परिचित रहेको व्यंग्य गरेका

The post प्रधानमन्त्री ओली हाँस्यस्पद पात्र बन्नुभयो, विहान देशभक्ती र बेलुका दिल्लीभक्तिको कुरा गर्नुहुन्छ: धनराज गुरुङ first appeared on Hitkhabar.

The post प्रधानमन्त्री ओली हाँस्यस्पद पात्र बन्नुभयो, विहान देशभक्ती र बेलुका दिल्लीभक्तिको कुरा गर्नुहुन्छ: धनराज गुरुङ appeared first on Hitkhabar.

]]>

असार २१, २०७६ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली हाँस्यास्पद पात्रको रुपमा परिचित रहेको व्यंग्य गरेका छन् । प्रधानमन्त्री ओलीजी विहान उठ्दा देशभक्ती कुरा गर्नुहुन्छ, अनि बेलुका भयो कि दिल्लीभक्ति बन्नुहुन्छ ।’

शनिबार रिपोर्टर्स क्लबमा बोल्दै उनले ओलीको कार्यशैली चित्तबुझ्दो नभएको टिप्पणी गरे । उनले भने,‘अहिलेकै ताजा विषयको कुरा गर्नुहुन्छ भने प्रधानमन्त्रीले विहान भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुमा विषादी भेटिएकोले रोक्ने निर्णय गरियो भन्नुभयो, बेलुका हुनेबित्तिकै आयात गर्न दिने भनेर निर्णय गराउनुभएछ । उहाँलाई कतिवेला के मुड चल्छ ? थाहै हुँदैन् ।’

गुरुङले आईफा अवार्ड नेपालमा आयोजना गर्ने सवालको कुरा उठाउँदै सरकारले क्षणमै राष्ट्रवादी र क्षणमै दिल्लीबादी चरित्र देखाएको पनि आरोप लगाए । उनले भने,‘चर्को विवाद भएपछि आईफा अवार्ड नेपालमा आयोजना नहुने भनिएको थियो, फेरि अहिले प्रधानमन्त्री ओलीले जसरी पनि नेपालमा गराएरै छोड्ने भन्नुभएछ, उहाँ एक्कासी फेरि दिल्लीभक्त हुनुभयो ।’

नेपालका नेताले यही देश र यहाँको जनताको लागि राजनीति गर्नुपर्ने बताउँदै कसैलाई खुशी तुल्याउनको लागि जे मन लाग्यो त्यही निर्णय गर्न नहुने उनको भनाई छ । उनले भने,‘अब कांग्रेसले टुलुटुलु हेरेर बस्दैन् । यो सरकारलाई हामी आन्दोलनबाटै ढाल्छौं । सरकार नालायक भयो ।’

वर्तमान प्रधानमन्त्री ओलीले दुई तिहाईको भारी बोक्न नसक्ने उनको ठोकुवा छ । उनले भने,‘दुई तिहाईको भारीले थिचेर ओलीजीको मृत्युवरण हुन्छ कि भन्ने डर लागेको छ ।’ सरकारका गलत काम र क्रियाकलापका कारण सरकारविरुद्ध आन्दोलनका आधारहरु पनि प्रशस्तै तयार भएको गुरुङले जनाए । उनले वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेकोले सरकारविरुद्ध आन्दोलन आजको आवश्यकत्ता भैसकको पनि सुनाए ।

गुरुङले आफ्नो पार्टीभित्र पनि अहिले किचलो रहेको स्विकार गरे । उनले भने,‘हो, म ढाँट्दिन, हाम्रो पार्टीभित्र पनि आन्तरिक किचलो छ । नेतृत्वको बीचमा हानाथाप छ ।’ उनले पार्टीलाई सशक्त रुपमा अघि बढाउनको लागि पनि अब छिटोभन्दा छिटो महाधिवेशन गराउनुपर्ने आवश्यकत्ता औंल्याए ।

२०७९ मा स्थानीय तहको निर्वाचन भएकोले आगामी २०७७ को फागुनभित्रै महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने पनि उनले सुनाए । उनले भने,‘२०७७ को फागुनभित्रै महाधिवेशन सम्पन्न गर्न सकियो भने उपलब्धिमूलक हुन्छ ।’
कांग्रेसमा गणेशमान सिंह, विपी कोईराला, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेरजस्ता नेताहरु नभएको कारण किचलो हुनु र नेतृत्वको लागि होडबाजी चलेको उनको भनाई छ । अहिले नेतृत्वदायी भूमिकामा बसेका नेताहरुले एक आपसमा सिँगुरे खेलेर बसिरहे आफूजस्ता युवा नेताहरल्े नेतृत्वको लागि अब कदम चाल्नेपनि उनको उद्धघोष थियो ।

पार्टीको झण्डामा रहेको चार तारामध्ये एक ताराले धार्मिक स्वतन्त्रताको वकालत गरेकोले अहिले हिन्दूराष्ट्रको गुञ्जायस नभएको गुरुङको भनाई छ । उनले भने,‘नेपालमा गणतन्त्रको विकल्प छैन । बरु, यो भ्रष्ट सरकारको विकल्प छ । किनकी यो सरकार भ्रष्टाचारी, राष्ट्रघाती र नालायकी परिचित छ ।’

The post प्रधानमन्त्री ओली हाँस्यस्पद पात्र बन्नुभयो, विहान देशभक्ती र बेलुका दिल्लीभक्तिको कुरा गर्नुहुन्छ: धनराज गुरुङ first appeared on Hitkhabar.

The post प्रधानमन्त्री ओली हाँस्यस्पद पात्र बन्नुभयो, विहान देशभक्ती र बेलुका दिल्लीभक्तिको कुरा गर्नुहुन्छ: धनराज गुरुङ appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%93%e0%a4%b2%e0%a5%80-%e0%a4%b9%e0%a4%be%e0%a4%81%e0%a4%b8%e0%a5%8d%e0%a4%af/feed/ 0
४.६ रेक्टर स्केलको भूकम्पको धक्का https://hitkhabar.com/11835-2/ https://hitkhabar.com/11835-2/#respond Sat, 06 Jul 2019 11:32:53 +0000 http://hitkhabar.com/?p=11835 भूकम्प

असार २१, २०७६ । भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ । आज (शनिबार) अपरान्ह ४

The post ४.६ रेक्टर स्केलको भूकम्पको धक्का first appeared on Hitkhabar.

The post ४.६ रेक्टर स्केलको भूकम्पको धक्का appeared first on Hitkhabar.

]]>

असार २१, २०७६ । भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।

आज (शनिबार) अपरान्ह ४ बजेर १५ मिनेटमा धक्का महसुस गरिएको हो ।

काठमाडौं उपत्यका लगायत आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

The post ४.६ रेक्टर स्केलको भूकम्पको धक्का first appeared on Hitkhabar.

The post ४.६ रेक्टर स्केलको भूकम्पको धक्का appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/11835-2/feed/ 0
कलाकार सुर्दशन राजोपाध्यायलाई भारतमा ईण्डियन बेष्टिज अवार्ड–२०१९ बाट सम्मान गरिने https://hitkhabar.com/%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%b6%e0%a4%a8-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af/ https://hitkhabar.com/%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%b6%e0%a4%a8-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af/#respond Sat, 06 Jul 2019 10:04:12 +0000 http://hitkhabar.com/?p=11831 कलाकार सुर्दशन

असार २१, २०७६ । तीन दशकदेखि संगित साधनामा लागेका कलाकार सुर्दशन राजोपाध्यायलाई भारतमा सम्मान गरिने भएको छ । भारतको एन.आर.वी.

The post कलाकार सुर्दशन राजोपाध्यायलाई भारतमा ईण्डियन बेष्टिज अवार्ड–२०१९ बाट सम्मान गरिने first appeared on Hitkhabar.

The post कलाकार सुर्दशन राजोपाध्यायलाई भारतमा ईण्डियन बेष्टिज अवार्ड–२०१९ बाट सम्मान गरिने appeared first on Hitkhabar.

]]>

असार २१, २०७६ । तीन दशकदेखि संगित साधनामा लागेका कलाकार सुर्दशन राजोपाध्यायलाई भारतमा सम्मान गरिने भएको छ । भारतको एन.आर.वी. फाउन्डेसन र भव्या इन्टरनेशनलले इन्डियन बेस्टिज अवार्ड–२०१९ बाट सम्मान गरिने शनिवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

आफूले पाउने सम्मानको बारेमा बोल्दै वरिष्ठ सरोद वादक, संगितकार, गायक तथा रचनाकार पनि रहेका राजोपाध्याय आयोजक संस्थाले प्रत्येक बर्ष प्रदान गर्दे आएको संगित र साहित्य तर्फको सम्मानबाट यसपटक आफुलाई छानेको भन्दै आयोजकप्रति आभार व्यक्त गरे ।

यही जूलाई १४ मा राजस्थानमा आयोजना हुने उक्त सम्मानबाट सम्मानित हुन पाउँदा आफुले संगित क्षेत्रमा पु¥याएको उच्च मूल्यांकन भएको उनको धारणा रहेको छ । आर वि फाउन्डेशन र भव्या इन्टरनेशनलले प्रत्येक वर्ष प्रदान गर्दै आएको संगित र साहित्यतर्फको सम्मानबाट यसवर्ष संगित साधक राजोपाध्यायलाई प्रदान गर्न लागेको हो ।

उक्त कार्यक्रम अन्तरराष्टिय मैत्री सम्मेलनको रूपमा हुने भनेर आफूहरुलाई आयोजकले जानकारी दिएको पनि राजोपाध्यायले बताए । उक्त कार्यक्रममा नेपालसहित भारत, मालदिभ्स लगायतका देशबाट पनि सहभागिता हुनेछ । अन्तरराष्टिय मैत्री सम्मेलनको कार्यक्रममा राजोपाध्यायको सरोद वादन कार्यक्रम पनि हुनेछ ।

‘कला कालमा आफुले संगित र साधनामा भोगेका सपनाहरु आज साकार भएको छ । संगितको माध्ययमबाट नेपाल र भारतबीच दुई मुलुबीच सम्बन्ध विस्तार कलाको सम्वद्र्धन गर्न पाएको अनुभुति रहको छ ।’–उनले भने ।

सृष्टा र संगितको बिचमा कुनै राजनीति नरहेको बताउदै उनले दुई देश बिचको सम्बन्ध बिस्तार तथा नेपाल र भारतमा वाधकहरु बाधक गन्न सक्ने अवस्थामा मात्र रहेको पनि उनले सुनाए ।

त्यस्तै, कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपाल सरकारले सरोद वाधकको उच्च मुल्याङकन गर्नुपथ्र्यो तर त्यसो नगरेकोमा चित्त दुखाए । उनले भने,‘हाम्रो सरकारले सरोद वाधकको उचित मूल्यांकन गर्न सकेन । तर, भारत सरकारले मुल्याङकन गरेकोे छ । यो हामी नेपालीहरुको लागि खुशीको विषय हो ।’

आफु र आफ्नो देशको नाम कला र संगितको माध्ययमबाट संसारलाई चिनाईरहेको बताउदै राजोपाध्यायले पाएको सम्मानबाट संगितको र स्रष्टाको सम्मान भएको धमलाको भनाई छ ।

सन् २०१३ मा भारतको पश्चिम बंगाल सरकारबाट समेत सम्मानित भैसकेका राजोपाध्याय २०१५ मा गुजरातमा सुरिल साँझको तर्फबाट स्वर्णपत्र प्राप्त गरिसकेको स्रष्टाको रुपमा चिनिन्छन् । नेपाल र भारत गरेर दर्जनौ सरोद वादकका कार्यक्रम गरिसकेको उनी सन् २००२ मा रेडियो नेपालमा भएको जिल्लाव्यापी संगित प्रतियोगितामा प्रथम भएका थिए ।

साथै, नेपालमा शास्त्र सम्मान २०१८, सेभ दी नेशन अवार्ड लगायत थुप्रै पुरस्कारबाट सम्मानित भएका उनका नेपाली र नेवारी गरेर चर्चित पलपल, पानीसरी, त्यो रात, नसला, हसना, छन्ह्, निन्ह्, छगू मतिनालगायतका क्यासेट तथा सिडीहरु बजारमा आइसकेका छन ।

जापानी भाषामासमेत गीत गाइसकेका उनका शास्त्रीय संगिततर्फ वन डे रागाज, सोलफूल म्युजिक फर मेडिटेसन भारतबाटै सुरिल म्यूजिक इन २०१५ प्रकाशित रहेका छन ।

The post कलाकार सुर्दशन राजोपाध्यायलाई भारतमा ईण्डियन बेष्टिज अवार्ड–२०१९ बाट सम्मान गरिने first appeared on Hitkhabar.

The post कलाकार सुर्दशन राजोपाध्यायलाई भारतमा ईण्डियन बेष्टिज अवार्ड–२०१९ बाट सम्मान गरिने appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%b6%e0%a4%a8-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%af/feed/ 0
चार संगठनद्वारा नेपाल प्राध्यापक सङ्घको १६ औं महाधिवेशन बहिष्कार https://hitkhabar.com/%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%97%e0%a4%a0%e0%a4%a8%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a5%8d/ https://hitkhabar.com/%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%97%e0%a4%a0%e0%a4%a8%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a5%8d/#respond Thu, 04 Jul 2019 09:59:41 +0000 http://hitkhabar.com/?p=11818 नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन

असार १९, २०७६ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन, राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक सङ्घ र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले

The post चार संगठनद्वारा नेपाल प्राध्यापक सङ्घको १६ औं महाधिवेशन बहिष्कार first appeared on Hitkhabar.

The post चार संगठनद्वारा नेपाल प्राध्यापक सङ्घको १६ औं महाधिवेशन बहिष्कार appeared first on Hitkhabar.

]]>

असार १९, २०७६ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन, राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक सङ्घ र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले नेपाल प्राध्यापक सङ्घको आजबाट सुरु भएको १६ औं महाधिवेशन बहिष्कार गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै यी चार संगठनले संघको महाधिवेशन बहिष्कार गरेको घोषणा गरेका हुन् । संघको वर्तमान पदाधिकारीले आर्थिक अनियमितता गरेको, सबै विश्वविद्यालयलाई प्रतिनिधित्व नगराएको, पब्लिक क्याम्पसको हकमा प्रतिनिधि नमिलेको लगायतका असन्तुष्टि राख्दै उनीहरुले महाधिवेशन बहिष्कार गरेको जनाएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा. यादवप्रकाश लामिछानेले संघको महाधिवेशन अवैधानिक भएकोले आफूहरुले बहिष्कार गरेको स्पष्ट पारे । उनले भने,‘संघ भनेको सबैको साक्षा संस्था हो । तर, महाधिवेशनजस्तो विषयमा सबैलाई सहभागिता गराउन सक्नुभएन । त्यसैले हामीले गम्भिर असन्तुष्टि राख्दै बहिष्कार गर्ने निर्णय गरेका हौं ।’

त्यस्तै, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका सह–संयोजक प्रा.डा. रमेशप्रसाद भट्टराईले पब्लिक क्याम्पसमा भएको सहमतिलाई लत्याउँदै आफ्ना व्यक्तिहरुलाई मात्रै महाधिवेशन प्रतिनिधि बनाई एकलौटी गरेकोमा गम्भिर असन्तुष्टि जनाए ।

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारीले ११ वटै विश्वविद्यालयबाट महाधिवेशनको लागि प्रतिनिधि हुनुपर्नेमा कृषि तथा वन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयलाई प्रतिनिधिविहीन बनाएकोमा आपत्ति जनाए ।

राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक सङ्घका अध्यक्ष डा. उदय किशोर तिवारीले संघले एकलौटी रुपमा अधिवेशन सम्पन्न गरे आफूहरुले त्यसको विरुद्धमा अर्को नेपाल प्राध्यापक संघ चलाउने चेतावनी दिए । आफूहरुलाई जहिल्यैपनि संघले अपहेलना र विभेद गरेको पनि उनले गुनासो पोखे ।

उनले भने,‘संघले विश्वविद्यालयमा चुनाव गर्दा हामीलाई कहिल्यैपनि थाहा दिएन । विधिवत रुपमा अहिलेको महाधिवेशनमा पाँच वटा संगठनले भाग लिनुपर्ने हो । तर, अहिले एउटा संगठनले मात्रै भाग लिएको छ । यो अवैधानिक छ ।’

अधिवेशन आगामी २०७६ असार १९, २० र २१ गते हुने भएको कुराले हामी अति उत्साहित थियौँ । यस निर्णयसँगै हामी अधिवेशनप्रति आतुर पनि भयौ र बैठक र छलफलमा सहभागिता पनि जनायौँ । विगत लामो समयसम्म अधिवेशन नहुनु, सङ्घका वर्तमान पदाधिकारी ३ वर्षको कार्यकालमा ७ वर्षसम्म पदमा बसिरहनु र अवधि सकिएपछि पनि अध्यक्षका रूपमा विभिन्न विश्वविद्यालयका पदेन पदमा बसिरहनुले आजित भएको अवस्थामा हुन लागेको अधिवेशनले सबै प्राध्यापकमा खुसीको सञ्चार गरेको थियो । हामी वैचारिक सङ्गठनले यही कारण सम्मेलन गर्ने कुरामा सहमति गरी मिति पनि तय गरेका हौँ ।

सम्मेलनको मिति तय भएपछि पब्लिक क्याम्पस प्राध्यापक सङ्घको प्रतिनिधि चयनमा वैचारिक सङगठनको साझा सहमतिअनुसार प्रतिनिधि चयन हुनु पर्नेमा कतिपय सङ्गठनलाई प्रतिनिधित्व नै नगराइएको पनि पाइयो । साझा सहमतिमा प्रतिनिधि पठाउनु पर्नेमा पब्लिक प्राध्यापक सङघका सभापतिले महासचिवलगायत अन्य पदाधिकारीसँग सल्लाह नै नगरी एकतर्फी रूपमा एकल वैचारिक सङ्गठनको मात्रै बढी प्रतिनिधिको नाम पठाएको र महासचिवले त्यसका विरूध्द पत्र दर्ता गर्दा पनि प्राध्यापक सङ्घमा सुनुवाइ नभएको अवस्था देखापर्यो । यस्तो अवस्थामा हामीले यो कार्य सच्याउन आग्रह गर्यौ तर कुनै सुनुवाइ भएन ।

यही बिचमा हामीले मध्यपश्चिमाञ्चल विश्वविद्यालय र कृषि विश्वविद्यालयमा पनि अधिवेशनको माग गरेका हौँ । कुनै विश्वविद्यालयमा प्राध्यापक मताधिकार र प्रतिनिधित्वबाट वञ्चित हुनु उपयुक्त होइन तर प्राध्यापक सङ्घको वर्तमान नेतृत्व सम्मेलन गर्न उत्सुक भएन । साथै हाम्रो यी विश्वविद्यालयमा तुरुन्त सम्मेलन गरियोस् भन्ने मागलाई पनि बेवास्ता गरियो । यसरी नै स्वास्थ्यविज्ञान प्रतिष्ठानहरूले अधिवेशन माग गर्दा पनि नेपाल प्राध्यापक सङ्घका अध्यक्षले वेवास्ता गरेको पनि प्रमाणित हुन पुग्यो । यसरी प्राध्यापक सङ्घले प्राध्यापकहरूको मताधिकार प्रयोग गर्नबाट प्राध्यापकहरूलाई बञ्चित गरेको छ ।

हामीले प्राध्यापक सङ्घको साझापनको बारेमा बारम्बार आवाज उठाएका हौँ । यस विपरीत प्राध्यापक सङ्घको नेतृत्वले एकपक्षीय रूपमा अन्य विचार राख्नेलाई अस्वीकार गर्ने काम गर्यो । प्राध्यापक सङ्घको आवास गृहमा पनि नियम विपरीत माइकल लामालाई टेन्डर पारिदिने, उनीसँग पैसा नउठाई प्राध्यापक सङघको ५० लाखभन्दा बढी रकम बाकी राख्ने र विधि र प्रक्रिया विना खर्च गर्ने जस्ता काम पनि भइरहे । यस बाहेक सङ्घका भिन्न मत राख्ने सदस्यहरूका विचार नसुन्ने, उनीहरूलाई दमन गर्ने, एकपक्षीय निर्णय गर्ने गराउने जस्ता कर्म पनि भइरहे । एकपक्षीय रूपमा गरिएको यस कार्यले कार्यशैलीमा रहेको पीडक प्रवृत्तिलाई नै सङ्केत गरेको छ ।

यस्तो विषम र जटिल परिस्थितिमा नेपाल प्राध्यापक सङ्घको वर्तमान नेतृत्व गम्भीर त भएन नै फरक विचार राख्नेप्रति असहिष्णु पनि बन्यो । हामीले सम्मेलन चाहदा चाहदै पनि नेतृत्वले जवर्जस्ती आत्मसमर्पण गराउन खोज्यो । यस्तो अवस्थामा हामीले अन्तिम अवस्थासम्म पनि वार्ता र छलफलबाट समस्या समाधान गर्ने प्रयत्न पनि गरिरह्यौँ ।

यसरी सहकार्य र सहभागिताको वातावरण निर्माण नहुँदा हामी समस्या समाधानको खोजी गर्दै सबैको सहभागिता बनाएर मात्रै सम्मेलन गर्नुपर्छ भन्ने कुरामा सहमत भएका छौँ । यही परिस्थिति विद्यमान भएमा हामी यस अधिवेशनमा सहभागी हुन नसक्ने कुरा जानकारी गराउँछौँ । सहमति विपरीत जवर्जस्त रूपमा अधिवेशन गर्न खोजे हामी त्यसको डटेर सामना गर्न तयार भएको चेतावनी पनि दिन चाहन्छौँ ।

The post चार संगठनद्वारा नेपाल प्राध्यापक सङ्घको १६ औं महाधिवेशन बहिष्कार first appeared on Hitkhabar.

The post चार संगठनद्वारा नेपाल प्राध्यापक सङ्घको १६ औं महाधिवेशन बहिष्कार appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%82%e0%a4%97%e0%a4%a0%e0%a4%a8%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a5%8d/feed/ 0