कलाकार सुर्दशन राजोपाध्यायलाई भारतमा ईण्डियन बेष्टिज अवार्ड–२०१९ बाट सम्मान गरिने

Sharing is caring!

असार २१, २०७६ । तीन दशकदेखि संगित साधनामा लागेका कलाकार सुर्दशन राजोपाध्यायलाई भारतमा सम्मान गरिने भएको छ । भारतको एन.आर.वी. फाउन्डेसन र भव्या इन्टरनेशनलले इन्डियन बेस्टिज अवार्ड–२०१९ बाट सम्मान गरिने शनिवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

आफूले पाउने सम्मानको बारेमा बोल्दै वरिष्ठ सरोद वादक, संगितकार, गायक तथा रचनाकार पनि रहेका राजोपाध्याय आयोजक संस्थाले प्रत्येक बर्ष प्रदान गर्दे आएको संगित र साहित्य तर्फको सम्मानबाट यसपटक आफुलाई छानेको भन्दै आयोजकप्रति आभार व्यक्त गरे ।

यही जूलाई १४ मा राजस्थानमा आयोजना हुने उक्त सम्मानबाट सम्मानित हुन पाउँदा आफुले संगित क्षेत्रमा पु¥याएको उच्च मूल्यांकन भएको उनको धारणा रहेको छ । आर वि फाउन्डेशन र भव्या इन्टरनेशनलले प्रत्येक वर्ष प्रदान गर्दै आएको संगित र साहित्यतर्फको सम्मानबाट यसवर्ष संगित साधक राजोपाध्यायलाई प्रदान गर्न लागेको हो ।

उक्त कार्यक्रम अन्तरराष्टिय मैत्री सम्मेलनको रूपमा हुने भनेर आफूहरुलाई आयोजकले जानकारी दिएको पनि राजोपाध्यायले बताए । उक्त कार्यक्रममा नेपालसहित भारत, मालदिभ्स लगायतका देशबाट पनि सहभागिता हुनेछ । अन्तरराष्टिय मैत्री सम्मेलनको कार्यक्रममा राजोपाध्यायको सरोद वादन कार्यक्रम पनि हुनेछ ।

‘कला कालमा आफुले संगित र साधनामा भोगेका सपनाहरु आज साकार भएको छ । संगितको माध्ययमबाट नेपाल र भारतबीच दुई मुलुबीच सम्बन्ध विस्तार कलाको सम्वद्र्धन गर्न पाएको अनुभुति रहको छ ।’–उनले भने ।

सृष्टा र संगितको बिचमा कुनै राजनीति नरहेको बताउदै उनले दुई देश बिचको सम्बन्ध बिस्तार तथा नेपाल र भारतमा वाधकहरु बाधक गन्न सक्ने अवस्थामा मात्र रहेको पनि उनले सुनाए ।

त्यस्तै, कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपाल सरकारले सरोद वाधकको उच्च मुल्याङकन गर्नुपथ्र्यो तर त्यसो नगरेकोमा चित्त दुखाए । उनले भने,‘हाम्रो सरकारले सरोद वाधकको उचित मूल्यांकन गर्न सकेन । तर, भारत सरकारले मुल्याङकन गरेकोे छ । यो हामी नेपालीहरुको लागि खुशीको विषय हो ।’

आफु र आफ्नो देशको नाम कला र संगितको माध्ययमबाट संसारलाई चिनाईरहेको बताउदै राजोपाध्यायले पाएको सम्मानबाट संगितको र स्रष्टाको सम्मान भएको धमलाको भनाई छ ।

सन् २०१३ मा भारतको पश्चिम बंगाल सरकारबाट समेत सम्मानित भैसकेका राजोपाध्याय २०१५ मा गुजरातमा सुरिल साँझको तर्फबाट स्वर्णपत्र प्राप्त गरिसकेको स्रष्टाको रुपमा चिनिन्छन् । नेपाल र भारत गरेर दर्जनौ सरोद वादकका कार्यक्रम गरिसकेको उनी सन् २००२ मा रेडियो नेपालमा भएको जिल्लाव्यापी संगित प्रतियोगितामा प्रथम भएका थिए ।

साथै, नेपालमा शास्त्र सम्मान २०१८, सेभ दी नेशन अवार्ड लगायत थुप्रै पुरस्कारबाट सम्मानित भएका उनका नेपाली र नेवारी गरेर चर्चित पलपल, पानीसरी, त्यो रात, नसला, हसना, छन्ह्, निन्ह्, छगू मतिनालगायतका क्यासेट तथा सिडीहरु बजारमा आइसकेका छन ।

जापानी भाषामासमेत गीत गाइसकेका उनका शास्त्रीय संगिततर्फ वन डे रागाज, सोलफूल म्युजिक फर मेडिटेसन भारतबाटै सुरिल म्यूजिक इन २०१५ प्रकाशित रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *