संघियता विरोधीहरु सामाजिक सदभाव बिगार्न सक्रिय : मुख्यमन्त्री यादव

Sharing is caring!

असोज ११, २०८० । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघियता विरोधीहरु सामाजिक सद्भाव बिथोल्ने कार्यमा सक्रिय रहेको आरोप लगाएका छन् ।

बिहीबार इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्मदिवसको अवसरमा मुस्लिम धर्माबलम्बीहरुद्वारा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा सामाजिक सदभाव बिगार्ने गरी क्रियाकलाप हुनुको पछाडि संघियता नचाहनेहरुको हात रहेको दाबी गरे ।

सामाजिक सदभाव विगार्ने संघियता बिरोधीहरुबाट सचेत हुनु आवश्यक रहेको भन्दै भन्दै उनले आजको दिन प्रदेश सरकारले सार्वजनिक विदा दिएर संघियता कायम रहेको कुरा प्रदेशवासीहरुलाई महसुस गराउन खोजेको तर्क गरे ।
कार्यक्रममा नेकपा एमालेकी नेतृ जुली महतोले पैगम्बर मोहम्मदले जीवन पर्यन्त सामाजिक सद्भाव तथा भाइचाराको सन्देश दिएकाले उनले दखाएको बाटो अनुसरण गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *