विधायनसम्बन्धी विधेयक चाँडै पारित गर्न छलफल

Sharing is caring!

माघ २१, २०८० ।  राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८०’माथि दफावार छलफल गरेको छ ।

समितिको आइतबारको बैठकमा विधायन तर्जुमा, प्रकाशन तथा प्रत्यायोजित विधायनमा एकरूपता कायम गर्ने सम्बन्धमा छलफल भएको हो ।

बैठकमा विधेयकको परिच्छेद ४ माथि छलफल भएको समिति सभापति जयन्तीदेवी राईल जानकारी दिइन् ।

बैठकमा संशोधनकर्ता तथा समिति सदस्यले प्रत्यायोजित विधायन मूल कानुनअन्तर्गत रही प्रत्यायोजित विधायनको सिद्धान्तभित्र रहनुपर्ने, मौजुदा कानुनको परिधिभित्र रहेर सरकारले मातहतका निकायलाई निर्देशन दिनुपर्ने, कुनैपनि निकायले ऐनबाट अधिकार प्रत्यायोजन गरेकोमा बाहेक पुनः प्रत्यायोजित विधायन बनाई जारी गर्न नमिल्नेमा कडाइ गर्नुपर्नेलगायतका मागहरु गरेका थिए ।

बैठकको समापन गर्दै सभापति राईले विधेयक संसोधनको माग आएकाले आउँदो माघ २५ गते १२ः३० बजेको बैठकमा विधेयक पारित गरि संसदमा पठाउने जानकारी दिइन् ।

कानुन निर्माणको व्यवस्थालाई व्यवस्थित गर्नेगरी सरकारले विधायनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८० असोजमा राष्ट्रियसभामा दर्ता भएको थियो ।

राष्ट्रियसभाको प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिले पहल गरी सरकारलाई विधेयकको मस्यौदासमेत उपलब्ध गराई सोबमोजिमको कानुन ल्याउन पहल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *