नेताहरु गैर जिम्मेवार बन्दा सामाजिक अराजकता बढ्यो : वरिष्ठ उपाध्यक्ष पोखरेल

Sharing is caring!

असोज १९, २०८० । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले नेतृत्वमा रहेको राजनीतिक पार्टीका नेता गैरजिम्मेवार बन्दा सामाजिक अराजकतालाई बढावा मिलेको आरोप लगाएका छन् ।

आज काठमाडौं नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा उनले राष्ट्रहितका लागि मिसन ८४ मा लाग्ने बताए ।

‘राष्ट्रियहितको लागि मिसन ८४ मा लाग्नु पर्छ । देशमा समाजिक अराजकता देखिएको छ । अहिले नेतृत्वमा रहेको राजनीतिक पार्टीका नेताहरुका गैर जिम्मेवार भूमिकाले सामाजिक अराजकतालाइ बढावा मिलिरहेको छ । यो अराजकताको अवस्था बढ्दै गायो भने हाम्रो मुलुक डर लाग्दो संकटको सामु पुग्नेछ । ’

उनले राजनीतिक स्थिरताको सुनिश्चितता गर्न आवश्यक भएको बताए । राष्ट्रिय सुरक्षा र आर्थिकहितका कुराहरु दिन दिनै क्षतिग्रस्त आवस्थामा पुगेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *