निजी क्षेत्रबाट नेपालमै पहिलो पटक टायर उत्पादन सुरु

Sharing is caring!

बैशाख ३, २०७५ । साझेदारीमा टायर आयात गरिरहेको नेपालको औधोगिक घराना बिशाल ग्रुपले भारतीय कम्पनीसँगकाे साझेदारीमा निजी क्षेत्रबाट पहिलो पटक नेपालमै टायरको उत्पादन थालेको छ ।

मोरङको कटहरी गाउँपाकिलामा भारतीय कम्पनीको सोझेदारीमा सो ग्रुपले लगानी गरेको ग्रिन टायर उद्योगले निजी क्षेत्रबाट पहिलो पल्ट नेपालमा टायर उत्पादन थालेको हो ।

कटहरीको औधोगिक करिडोरमा ३ बिगाह क्षेत्रफलमा फैलिएको ग्रीन टायर उद्योगबाट चार प्रकारका टायर उत्पादन भइरहेकाछन् । तत्काल ट्रयाक्टरको अगाडिको टायरका साथै मोटरसाइकल, स्कुटी र ई–रिक्साका टायर उत्पादन गरिरहेको छ । पूर्णतः ट्युवलेस रहेको ग्रिन टायरका उत्पादनहरूमा ‘लिक्विड’ पनि हाल्नु पर्दैन । ‘लिक्विड’बाट हुने रासायनिक प्रतिक्रियाले टायर खिइँदै जाने र यसको आयु छोट्टिने समस्या हुन्छ ।

बार्षिक २० लाख थान टायर उत्पादन गर्ने लक्ष्य
सुरुमा कम्पनीले ४ प्रकारका टयुवलेस वार्षिक २ लाख थान उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीका प्रबन्धक बिनित सिँघानियाले बताए । २ बर्षमा ४ र पाँच बर्षमा ६ लाख र त्यसपछि २० लाख थान उत्पादन गर्ने लक्ष्य कम्पनीको रहेको उनले जानकारी दिए । उनका अनुसार देशभरिका विभिन्न स्थानमा १ सय २० मोटर साइकल तथा त्यत्तिकै सङ्ख्यामा ट्रयाक्टर, स्कुटी र थ्री ह्विलर्समा टायर जडान गरेर तीन महिनासम्म सबै प्रकारका परीक्षण सम्पन्न गरेपछि मात्र टायरलाई बजारमा पठाइएको छ ।

प्रबन्धक विनीतका अनुसार ग्रीन टायरले डेल्टा र शेर्पा ब्रान्डका टायरहरू उत्पादन गर्नेछ । जसमध्ये पहिलो चरणमा डेल्टा ब्रान्डका टायर बजारमा ल्याई सकिएको छ ।

उद्योगले उत्पादन थालेका टायरहरु औपचारिक रुपबाट बजारमा डेल्टा ब्राण्डबाट बिक्रि बितरण हुन थालिसकेका छन् । प्रबन्धक सिँहानियाका अनुसार हाल मोटरसाइकल, तीन चक्के र चार चक्के सवारी साधानका टयुवलेस टायरहरु नेपालका बिभिन्न बजारमा पुगिसकेका छन् । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *