सुक्खा बन्दरगाह भन्सारले राजश्व असूली लक्ष्य भेट्टायो

Sharing is caring!

वैशाख ३, २०७५ । पर्साको वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चैत महिनामा राजश्व असूली लक्ष्य भेट्टाएको छ । भन्सार कार्यालयका निमित्त प्रमुख धनबहादुर बरुवालका अनुसार, चैत महिनामा यो भन्सार कार्यालयले २ अर्ब ५८ करोड ८७ लाख ४१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जुन लक्ष्यको करीब २ प्रतिशतले बढी हो । यस महिनामा २ अर्ब ५४ करोड ६४ लाख ८४ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य थियो ।

चालु आर्थिक वर्षको चैत महिना सम्मको ९ महिनाको अवधिमा भने यो भन्सार कार्यालयले वार्षिक राजश्व असूली लक्ष्य भेट्टाउन सकेन । आवको ९ महिना सम्ममा २० अर्ब ३७ करोड १८ लाख ६४ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेकोमा १९ अर्ब ३३ करोड ९ लाख ३४ हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको छ । जुन लक्ष्यको ९४ दशमलव ८७ प्रतिशत हो । यो बन्दरगाह हुँदै सर्वाधिक आयात हुने वस्तुमा डण्डी उद्योगका फलामे कच्चा पदार्थ, मदिरा, सवारी साधन, गेडागुडी, दाना उद्योगका कच्चा पदार्थ तथा अन्य औद्योगिक कच्चा पदार्थहरु हुन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *