विश्वकप छनोट : नेपाल र लाओसबीचको खेलको तयारी पूरा

Sharing is caring!

असोज १९, २०८० । फिफा विश्वकप–२०२६ को एशियाली छनोटको प्लेअफ अन्तर्गत नेपाल र लाओसबीच हुने खेलको तयारी पूरा भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी असोज २५ गते हुने खेलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले छनोट खेलको लागि अखिल नेपाल फुटबल संघले सम्पूर्ण तयारी अगाडि बढाएको जानकारी दिए ।

फिफा वरियतामा १८६औं स्थानमा रहेको लाओससँग १७५ औं स्थानमा रहेको नेपालले प्रतिस्पर्धा गर्दैछ।
खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अबेटो एनेसको मुख्य प्रशिक्षणमा रहेको २५ सदस्यीय टोली अहिले बन्द प्रशिक्षणमा रहेको एन्फाले बताएको छ।

एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार खेल हुने दिनको टिकटम दलर साधारण पारपिटतर्फ रु ३ सय र भीआईपीतर्फ ५ सय कायम गरिएको बताइएको छ। खेलको टिकट एन्फा आफैंले व्यवस्थापन गरेर ब्रिकी गर्ने बताइएको छ ।

लाओसको टोली आगामी अक्टोबर ९ मा नेपाल आइपुग्नेछ। प्रशिक्षणका लागि भने च्यासलस्थित रंगशालामा आवश्यक व्यवस्था मिलाइएको उनले बताए। ७३ लाख ६८ हजार ४ सय प्रतियोगिताको अनुमानित बजेट रहेको एन्फाले जनाएको छ।

फिफा वरीयताका आधारमा एशियाका पुछारमा रहेका २० टोलीले प्लेअफ चरण पार गर्दै दोस्रो राउण्डमा स्पर्धा गर्नेछन्। होम एण्ड अवेको आधारमा हुने प्ले अफ राउण्ड पार गरे नेपालले दोस्रो चरणमा स्पर्धा गर्न पाउनेछ।

विश्वकपको दोस्रो चरणका लागि २६ टोलीले स्थान बनाइसकेका छन्। प्लेअफ चरण पार गरेका १० टोलीले दोस्रो चरणका लागि स्थान बनाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *