एसीसी प्रिमियर कप : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

Sharing is caring!

वैशाख ७, २०८१ । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपालले यूएईसामु जितका लागि १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११९ रन बनाएको हो ।
खराब सुरुवात गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल गुमाएको थियो ।

नेपालका लागि सन्दिप जोराले अर्धशतकीय पारी खेले । त्यस्तै, गुलशन झाले २०, कप्तान रोहितकुमार पौडेलले पाँच, करण केसीले १७ रन बनाए ।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *