प्रधानमन्त्री कप महिला टी २० : सुदूरपश्चिमले बागमतीलाई हरायो

Sharing is caring!

पुस ९, २०८० । प्रधानमन्त्री कप टी २० महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ६ विकेटले विजयी भएको छ । सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको हो ।

जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको यो तेस्रो जित हो । जितका साथ सुदूरपश्चिम प्रदेश ६ अंक बनाउँदा तालिकाको तेस्रो स्थानमा रहेको छ । कीर्तिपुर क्रिकेट मैदानमा बागमति प्रदेशले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर ८७ रन बनाएको थियो । सुदूरपश्चिमले ४ विकेट गुमाएर १९ ओभरमा ८८ रन बनाउँदै खेल जित्यो । पहिला ब्याटिङ गर्दा बागमतीका लागि कन्चन श्रेष्ठले सर्वाधिक १९ रन बनाउँदा हेलिसा गुरुङले १६ तथा सोनी पाख्रिनले १३ रन जोडिन् । यस्तै, सलिना सिलवालले १० तथा विपिसा साहीले ९ रन बनाइन् ।

सुदूरपश्चिमका लागि लक्ष्मी साउद र कविता जोशीले समान दुई दुई विकेट लिँदा मनिषा चौधरी र जानकी थापाले एक एक विकेट लिए । ८८ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशको सुरुआत भने राम्रो भएन ।

ओपनर अनु कडायत र रुबी पोद्दारबीच जम्मा ७ रनको साझेदारी भएको थियो । पहिलो विकेटको रुपमा अनु कडायत १ रन बनाएर आउट भइन् । त्यसपछि रुवीले ९ रन बनाएर आउट हुँदा सुदूरले २५ रनमा दोस्रो विकेट गुमाएको थियो । लगत्तै सम्झना खड्का ७ रन बनाएर आउट हुँदा ९.१ ओभरमा ३५ रन बन्दा सुदूरले ३ विकेट गुमाएको थियो । विन्दू रावल र कविता जोशीले गतिलो साझेदारी गर्दै सदूरलाई जित नजिक लगेका थिए । विन्दूले ५१ बलमा २८ रनको पारि खेल्दा ३ चौका प्रहार गरिन् । विन्द्र १७.३ ओभरमा ८५ रन हुँदा आउट भएकी थिइन् ।

त्यसपछि कविता जोशी र रेवती धामीले खेल जिताए । कविताले २२ बलमा २७ रन बनाएर नटआउट रहिन् । उनले ४ चौका प्रहार गरिन् । यस्तै, रेवती धामीले १ रन बनाएर साथ दिइन् ।

बागमतीका लागि अस्मिना कर्माचार्य र सोनी पाख्रीनले एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *