हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घट्यो

Sharing is caring!

असोज ३, २०७६ । नेपाल आयल निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो ।

अब उपभोक्ताले ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइने निगमले जनाएको छ ।

त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० अमेरिकी डलरले घटाएको छ । अब हवाई इन्धन (वाह्य)तर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलर पर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *