सुन काण्ड: वहालवाला डिएसपी प्रजित केसी पनि नियन्त्रणमा

Sharing is caring!

वैशाख १७, २०७५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि हराएको भनिएको ३३ किलो अवैध सुन अनुसन्धानको सिलसिलामा अर्का एक वहालवाला प्रहरी अधिकारीलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले डिएसपी प्रजित केसीलाई नियन्त्रणमा लिएर हिरासत कक्षमा राखेको छ। प्रजित तिनै डिएसपीहुन्, जो मोरङ उर्लाबारीका सनम शाक्य हत्याको घटना अनुसन्धान गर्न महानगरीय अपराध महाशाखाबाट सई बालकृष्णसञ्जेललाई लिएर मोरङ पुगेका थिए।
केसी नेतृत्वको अनुसन्धान शंकाको घेरामा परेपछि केही साताअघि सई सञ्जेल, डिएसपी केसी र अपराध महाशाखाका प्रमुखएसएसपी दिवेश लोहनीलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाइएको थियो।
सुन तस्करीबारे चलेको अनुसन्धानका क्रममा मोरङ जिल्ला अदालतमा बयान दिन शुक्रबार केसी हवार्इ मार्गबाट विराटनगरपुगेका थिए। यो खबर आजको कान्तिपुरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *