सुगतरत्न कंसाकारलाई कालोमोसो दल्ने पक्राउ

Sharing is caring!

पुस २२, २०७५ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी (मोहन वैद्य) समूहका भाृत संगठन क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य सुरेश तामाङ छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले चन्द्रागिरी–४, थानकोटबाट पक्राउ गरेको हो । पक्राउ परेका तामाङमाथि आवश्यक अनुसन्धान भइरहेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जनाएको छ। प्रहरीले घटनामा संलग्न अन्यको समेत खोजी भइरहेको जनाएको छ ।

वाइडबडी विमान प्रकरणमा घोटाला गरेको आरोप खेपिरहेका  महाप्रबन्धक कंसाकारलाई शुक्रबार दिउँसो साढे ३ बजे उनकै कार्यकक्षमा कालोमोसो दलिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *