प्रदेश नं २ को नीति तथा कार्यक्रम पारित

Sharing is caring!

जेठ २८, २०७५ ।  प्रदेश नं २ मा प्रदेश सरकारको आव २०७५- ०७६को नीति तथा कार्यक्रमसहित दुई विधेयक आज सर्वसम्मतले पारित भएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि सात जनाले संशोधन प्रस्ताव दर्ता गराए पनि सबैले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो । प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, बच्चा यादव, लगनलाल चौधरी, रामचन्द्र मण्डल र सुन्दर बहादुर विश्वकर्मालगायतले आ-आफ्ना संशोधन प्रस्ताव फिर्ता लिनुभयो ।

त्यसैगरी नेपाली काँग्रेसले नीति तथा कार्यक्रममा छुटेको भनेको राजर्षि जनक विश्वविद्यालयको स्थापना र विकासलाई समेत नीति तथा कार्यक्रममा समेटिने मुख्यमन्त्री राउतले प्रतिबद्धता जनाउनुभएपछि कांग्रेसले पनि समर्थन गरयो ।

यस्तै प्रदेश नं २ का मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक एवं सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र प्रदेश २ का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी बनेको विधेयक २०७५ पनि सर्वसम्मतले पारित भएको छ ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि २१ जनाले आआफ्ना धारणा राख्नुभएको थियो । नीति तथा कार्यक्रम गत बिहीबार प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *